४ दिनपछि बन्नेछ ‘महालक्ष्मी योग’, आगामी १५ दिन यी ३ राशिले पाउनेछन् तगडा लाभ

काठमाडौँ : – केही दिनमै शक्तिशाली ग्रह मङ्गल शनिको राशिमा प्रवेश गर्नेछ। यस राशिमा पहिलेदेखि नै धनको दाता शुक्र र शनि विराजमान छन्। मङ्गलको गोचरसँगै कुम्भ राशिमा शनि, शुक्र र मङ्गलको संयोग बन्नेछ। चैत्र २ गते शनि, शुक्र र मङ्गलको संयोगले कुम्भ राशिमा महालक्ष्मी योग बन्नेछ, जुन चैत्र १७ गते शनिबारसम्म रहनेछ। कुम्भ राशिमा शनि, मङ्गल र शुक्रको मिलनबाट बन्ने महालक्ष्मीले कुन – कुन राशिलाई मालामाल बनाउनेछ त….

मेष राशि : – 

शनि, मङ्गल र शुक्रको संयोगबाट बन्ने महालक्ष्मी योग मेष राशिका लागि शुभ साबित हुन् सक्छ। यो समयमा भाग्यले साथ दिनेछ। कुनै नयाँ कामको थालनी गर्नु शुभ रहनेछ। सन्तानको सम्बन्धमा केही शुभ समाचार सुन्न सकिनेछ ।तपाईको पार्टनरसँग चलिरहेको समस्या बिस्तारै समाप्त हुनेछ।

वृश्चिक राशि : – 

वृश्चिक राशिका लागि शनि, शुक्र र मङ्गलको संयोगबाट बन्ने महालक्ष्मी योग निकै लाभदायक रहनेछ। यस अवधिमा व्यापारमा लगानी गर्नु राम्रो रहनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ। तपाई धेरै सकारात्मक र आत्मविश्वासी हुनुहुनेछ र आफ्नो बुद्धिले हरेक समस्याको समाधान गर्नुहुनेछ।

मिथुन राशि : – 

शनि, शुक्र र मंगलको संयोगले बन्ने महालक्ष्मी योग मिथुन राशिका लागि लाभदायक साबित हुन सक्छ। जीवनमा जारी समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ। दाम्पत्य जीवनमा रोमान्स कायम रहनेछ। यात्राको सम्भावना छ । यस समयमा तपाईले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्दछ। साथै, तपाईले करियर जीवनमा नयाँ जिम्मेवारीहरू प्राप्त गर्न सक्नुहुन्छ।

अर्को समाचार:

१०० वर्षपछि घुम्नेछ समयको चक्र, होलीमा बन्दैछ दुर्लभ संयोग : चन्द्रग्रहणले चम्काउनेछ यी राशिका भाग्य