पुरानो मान्यतालाई तोड्दै यी बलिउड अभिनेत्रीहरुले विवाह नगरी जन्माए बच्चा

फिल्म स्लमडग मिलियनेयरमा लतिकाको भूमिका निर्वाह गर्ने फ्रिडा पिन्टोले विवाह नगरी नै बच्चा जन्माइन्। उनले रोहन अन्टाओ सँग इन्गेजमेन्ट गरेकी छिन् र उनी विवाह नगरी आमा बनेकी हुन्। आज हामी यस पोस्ट मार्फत बताउने छौँ अभिनेत्री फ्रिडा पिन्टो मात्र नभई अन्य अभिनेत्रीहरु पनि छन् जसले विवाह नै नगरी बच्चा जन्माएका छन् । जान्नुहोस् ती अभिनेत्रीहरु को हुन्।

कल्की कोचलिन

अभिनेत्री कल्की कोचलिन अनुराग कश्यपसँग सम्बन्ध विच्छेद गरेपछि गाय हर्शबर्गसँग सम्बन्धमा रहेकी थिइन् । यस सम्बन्धमा रहेको बेलामा अभिनेत्री आमा बानेकी थिइन् । यी दूई जोडीको विवाह नभइ बच्चा भए पनि अहिले सम्म उनीहरुले विवाह गरेका छैनन् ।

माही गिल

बलिउड अभिनेत्री माही गिल आफ्नो प्रेमीसँग लिव-इन मा बस्छिन्। उनीहरुको यो सम्बन्धबाट एक छोरीको जन्म भएको छ । तर अहिले सम्म यी दूईले विवाह गरेका छैनन् ।

सारिका हसन

हिन्दी र दक्षिण फिल्म उद्योगकी सुपरस्टार अभिनेत्री सारिका हसनले विवाह नगरी छोरीहरुलाई जन्म दिएकी थिइन् । उनले पछि कमल हसनसँग विवाह गरिन् तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन र सन २००४ मा दुबै अलग भएका थिए ।

नीना गुप्ता

आफ्नो समयकी प्रसिद्ध अभिनेत्री नीना गुप्ताले पनि विवाह नगरी छोरीलाई जन्म दिइन्। उनी वेस्ट इन्डिज क्रिकेटर भिभियन रिचर्ड्स सँग सम्बन्धमा थिइन् ।

अर्को समाचार:

३ विवाह र ८ वटा प्रेमी हुँदा पनि यी अभिनेत्रीलाई मिलेन साँचो माया