५ राशिका लागि निकै भारी पर्नेछ १३९ दिन, वक्री शनिदेवले पुर्याउनेछ ठूलो नोक्सानी

काठमाडौँ : – अहिलेसम्म शनिको साढेसाती र ढैय्याको कारण मोजमस्ती गरिरहेका मानिसहरु असार १६ गतेदेखि सतर्क रहनुपर्नेछ। मकर, कुम्भ र मीन राशिका लागि साढेसाती चलिरहेको छ भने कर्कट र वृश्चिक राशिका लागि ढैय्या चलिरहेको छ। यस्तो अवस्थामा यी राशिका लागि असार १६ गतेदेखि कार्तिक २९ गते बिहिबारसम्मको समयावधि अर्थात् १३९ दिन निकै कठिनाईपूर्ण रहनेछ।

यी दिनहरू धेरै बुद्धिमानीपूर्वक बिताउनुपर्नेछ, अन्यथा समस्याहरू आइरहनेछन्। तपाई रिसाएर कुनै समस्याको पहाड सिर्जना गर्न सक्नुहुन्छ। तसर्थ, यी राशिका व्यक्तिहरूले शनिको वक्री अवधिमा पूर्ण समझदारीका साथ काम गर्नुपर्छ भन्ने मानसिकता अहिलेदेखि नै विकास गर्नुपर्छ। समय जतिसुकै अप्ठ्यारो किन नहोस्, तपाई यसलाई पार गर्नुहुनेछ।

असार १६ गतेदेखि कार्तिक २९ गतेसम्मको मिति याद गर्नको लागि आफ्नो मोबाइलमा रिमाइन्डर राख्नुका साथै डायरीमा मिति टिपेर राख्नुहोस्। शनिदेव अहिले सिधा मार्गमा सुस्त गतिसँग चलिरहेको छ। हाल शनि कुम्भ राशिमा विचरण गरिरहेको छ। यहीँ राशिमा रहँदै शनि असार १६ गते वक्री हुनेछ यानी उल्टो चाल चल्नेछ र कार्तिक २९ गतेसम्म उल्टो चालमा हिड्नेछ। त्यसपछि कार्तिक ३० गते शनि महाराज फेरी मार्गी हुनेछ।

असार १६ गतेदेखि कार्तिक २९ गतेसम्म शनि वक्री रहँदा यो समयावधि ५ राशिका लागि निकै नाजुक रहनेछ, जसमा शनिको साढेसाती या ढैय्या चलिरहेको छ। जसरी चिसो मौसम सुरु हुने बित्तिकै चिसो खानेकुराबाट टाढै बसेर चिसोजन्य रोगबाट बच्न सकिन्छ, त्यसैगरी शनिदेव वक्री हुने बित्तिकै ५ राशि भएका व्यक्तिहरुले सावधानी अपनाउनुपर्छ ।

यी ५ राशिका व्यक्तिहरुले यसबीचमा अहंकारबाट जोगिनुपर्छ अर्थात् घमण्ड गर्नुहुँदैन्। शनिदेव कडा परिश्रमको कारक हुन् र मेहनती मानिसलाई मन पराउँछन्, त्यसैले काममा आलस्य बिल्कुलै नगर्नुहोस् र आजको काम भोलिको लागि थाँती नराख्नुहोस्। साथै यसबीचमा नियमित व्यायाम पनि गर्नुहोस्।

अर्को समाचार:

२०८१ सालको राशिफल : राहु र केतु ग्रहले दुख दिन सक्छ यी राशिलाई, पिरोल्नेछ अढैया शनिदशाले