जेठ २ गतेको राशिफल : बुधबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

जेठ २ गतेको पञ्चाङ्ग तथा राशिफल : –
दिन : बुधवार
तिथि : सप्तमी ०६:२३ बजेसम्म, त्यसपछी अष्टमी
नक्षत्र : अश्लेषा १७:२६ बजेसम्म, त्यसपछी मघा
योग : वृद्धि १०:०० बजेसम्म, त्यसपछी ध्रुव
करण : वणिज ०६:२३ बजेसम्म, त्यसपछी भद्रा १९:०५बजेसम्म, त्यसपछी वव
कार्यक्रमहरू : अन्तर्राष्ट्रिय परिवार दिवस
जेठ ०२, २०८१, बुधवार
15 May, 2024
सप्तमी, वैशाख शुक्लपक्ष
बछलाथ्व, ११४४ ने.सं.
सूर्योदय : – ५:१७
सूर्यास्त : – १८:४५

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन शुभ रहनेछ। नयाँ कार्य यस दिन सुरु गर्न सकिन्छ। शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नुहोस्। धन लाभ मिल्ने सम्भावना उच्च छ। करयक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ, जसको कारण परिवारमा नकारात्मक वातावरण रहनेछ। परिश्रम अनुसार सफलता नमिल्नाले मन चिन्तित रहला। आर्थिक पक्ष कमजोर रहनेछ। कुनै सोचबिचार नगरी कुनै पनि निर्णय नलिनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

व्यापार व्यवसाय क्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। व्यापार तथा आयमा वृद्धि हुनेछ। साथी-भाईबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। पत्नी तथा छोराबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रोजगार खोजी गर्नेहरूको लागि पदोन्नतिको योग रहेको छ। परिवारमा सकारात्मक वातावरण हुनेछ। आमाबाट लाभ मिल्ने सम्भावना छ। शारीरिक तथा मानिसक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। धन तथा प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक थकान तथा मानिसक तनाब महाशुस हुनेछ। रिसमा नियन्त्रण गर्न जरूरी देखिन्छ। तपाईंले सफलता प्राप्त गर्न कडा परिश्रम गर्नुपर्नेछ। नकारत्मक विचार मनमा आउनसक्छ। धार्मिक यात्राको सम्भावना छ। कार्यक्षेत्रमा समय सोचे जस्तो अनुकूल नरहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

खानपानमा विशेष ध्यान दिनुहोला। क्रोधमा संयम राख्नुहोला। स्वास्थ्यमा ध्यान दिनुहोस्। अनैतिक कार्य गर्नबाट बच्नुहोस्। सरकार विरोधी प्रवृत्तिहरूको कारण समस्या पर्न सकिन्छ, सजग रहनुहोस्। अत्याधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईं परिवारका सदस्यहरूसँग सामाजिक गतिविधिहरूको लागि बाहिर जान सक्नुहुन्छ। रमणीय यात्राको आयोजना हुने सम्भावना छ। व्यापार व्यवसायमा विस्तार हुनेछ। सामाजिक क्षेत्रमा सफलताका साथै मान-सम्मान पनि प्राप्त हुनेछ। आकस्मिक धन लाभको सम्भावना छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारका सदस्यसँग आनन्दमय समय बित्नेछ। तपाईंले शारीरिक स्वास्थ्य र मानसिक प्रसन्नताको अनुभव गर्नुहुनेछ। कर्मचारीहरूले सहकर्मीबाट समर्थन प्राप्त गर्नेछन्। माइती पक्षबाट शुभ समाचार प्राप्त हुनेछ। धन लाभ मिल्ने सम्भावना उच्च छ। अधुरा रहेका काम पूरा गरिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आफ्नो रिस नियन्त्रणमा राख्नुहोला। पेट सम्बन्धि समस्याले सताउन सक्छ। कुनै पनि काममा सफलता नमिल्लाने मन निराश रहला। साहित्य वा अन्य रचनात्मक कलामा रुचि बढ्नेछ। सन्तानको बारेमा चिन्ता रहनेछ। सम्भव भएमा यात्रा स्थगित गर्नुहोस।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको यस दिन प्रतिकूल रहला। तपाईंमा उत्साहको कमी रहनेछ। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। सामाजिक क्षेत्रमा मान-सम्मान भंग हुनसक्छ, सजग रहनुहोला। स्वास्थ्य बिग्रन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। पारिवारिक वातावरण सुख-शान्तिमय रहनेछ। विशेषगरी भाई-बहिनीसँगको सम्बन्धमा मिठास आउनेछ। छोटो रमणीय यात्राको सम्भावना छ। कार्यक्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। आर्थिक लाबह मिल्ने प्रवल सम्भावना छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मनमा नकारात्मक भावना उत्पन्न हुन नदिनुहोस्। वाणी तथा क्रोधमा संयम राख्नुहोला। कसैसँग वाद-विवाद वा झै-झगडा हुनसक्छ, सजग रहनुहोस्। खानपानमा विशेष ध्यान दिन जरूरी छ। शारीरिक स्वास्थ्य सामान्य रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

अर्को समाचार:

जेठ ३ गतेको राशिफल : ज्योतिषाचार्य अनुसार यी राशिलाई अशुभ छ बिहिबारको दिन {ॐ नमः शिवाय}