साउथ फिल्ममा देखिने यी अभिनेत्रीहरु साउथ इन्डियाका हैनन्, आखिर कहाँका हुन् त ?

एजेन्सी : बलिउड(Bollywood) भन्दा बढी दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका अभिनेत्रीहरुका सुन्दरतामा दर्शकहरुका ध्यान बढी जान्छ। टलिउड(Tollywood) फिल्मले बलिउडमा आफ्नो राम्रो प्रभाव छोडेको हामी सजिलै देख्न सक्छौं किनकी अहिले बलिउडमा अधिकांस फिल्म दक्षिण भारतीय फिल्महरुका रिमेक बनेर आईरहेको छ।

दक्षिण भारतीय चलचित्र उद्योगमा कार्यरत अभिनेत्रीहरुले राम्रो दाम-नाम कमाईरहेका छन् र उनीहरुका चर्चा देश-विदेश सर्वत्र हुन्छ। उनीहरु यस उद्योगमा काम गरेकै कारण उनीहरुलाई दर्शकले दक्षिण भारतीय नागरिक मान्छन्। तर यथार्थमा उनीहरु भारतका अलग-अलग राज्यका हुन्। उनीहरु दक्षिण भारतीय त बिल्कुलै होइन। त्यसो भए उनीहरु कहाँ हुन् त…

१. नगमा(Nagma) : प्रसिद्ध अभिनेत्री नगमाले चलचित्र क्षेत्रमा लगभग दुई दशक प्रभुत्व जमाइन्। उनले हिन्दी, तमिल र तेलुगु सिनेमामा दमदार फिल्म दिएकी छिन्। तर दर्शकले उनलाई दक्षिण भारतका अभिनेत्रीको रुपमा लिएका थिए। वास्तवमा उनी मुम्बई(Mumbai) निवासी हुन्। सन् १९७४ डिसेम्बर २५ मा उनी मुम्बईमै जन्मिएकी हुन्।

२. इलियाना डि’ क्रुज(Ileana D’Cruz) : सन् २०१४ मा फिल्म ‘बर्फी(barfi)’ बाट बलिउडमा पाइला टेकेकी अभिनेत्री इलियानाले दक्षिण भारतीय चलचित्र उद्योगमा हिट फिल्म दिईसकेकी छिन्। उनी गोवा(Goa)मा बस्छिन् र उनी मुम्बईमा जन्मिएकी हुन्।

३. काजल अग्रवाल(Kajal Aggarwal) : काजल अग्रवाललाई थुप्रै हिट तेलुगु र तमिल फिल्महरुमा देख्न सकिन्छ। तर उनी बलिउडमा हिट अभिनेत्री साबित हुन सकिनन्। ३५ वर्षीय काजल मुम्बईमा बस्छिन्।

४. हंसिका मोटवानी(Hansika Motwani) : सन् २००३ मा रिलिज भएको ब्लकबस्टर फिल्म ‘कोई मिल गया(Koi… Mil Gaya)’ मा बालकलाकारको भूमिकामा देखिएकी अभिनेत्री हंसिका मोटवानीले फिल्म ‘तेरा सुरूर(Teraa Surroor)’ बाट बलिउडमा एक अभिनेत्रीको रुपमा कदम राखेकी थिइन्। तर फिल्म फ्लप भए पछि उनी दक्षिण भारतीय फिल्म उद्योगमा लागिन्। ३० वर्षीय हंसिका मुम्बईकी हुन्।

५. अविका गोर(Avika Gor) : लोकप्रिय र हिट सिरियल ‘बालिका बधु(Balika Vadhu)’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री अविका गोरले दक्षिण भारतीय फिल्ममा पनि हात हालेकी छिन्। उनले तेलुगु फिल्म ‘उय्याला जम्पाला(Uyyala Jampala)’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। तपाईलाई थाहा नहुन सक्छ २७ वर्षीय अविका गोर मुम्बई निवासी हुन्।

६. भूमिका चावला(Bhumika Chawla) : फिल्म ‘तेरे नाम(Tere Naam)’ बाट दर्शकहरुका दिलमा राज गर्न सफल अभिनेत्री भूमिका चावलाले दक्षिण भारतीय चलचित्र उद्योगमा थुप्रै हिट फिल्महरु दिए पछि बलिउडमा अवसर पाएकी थिईन्। भूमिकाले भलै तेलुगु र तमिल सिनेमामा थुप्रै फिल्महरुमा काम गरेको भए पनि उनी दक्षिण भारतीय नभई भारतको राजधानी दिल्ली(Delhi)की हुन्।

७. नम्रता शिरोडकर(Namrata Shirodkar) : अभिनेत्री नम्रता शिरोडकरले ‘वास्तव(Vaastav : The Reality)’ र ‘पुकार(Pukar)’ जस्ता बलिउड फिल्महरुमा काम गरेकी छिन्। उनी सन् २००५ मा दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार महेश बाबू(Mahesh Babu)सँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्। नम्रता दक्षिण भारतकी नभई मुम्बईकी हुन्।

८. तापसी पन्नू(Taapsee Pannu) : बलिउडमा फिल्म ‘नाम शबाना(Naam Shabana)’, ‘पिंक(Pink)’ र ‘जुडवा-२(Judwaa 2)’ जस्ता फिल्महरुमा काम गरिसकेकी अभिनेत्री तापसी पन्नू पनि दक्षिण भारतीय हैन। उनी दिल्ली निवासी हुन्। उनी ३७ वर्ष अघि सन् १९८७ अगस्ट १ मा नयाँ दिल्लीमै जन्मिएकी हुन्।

९. तमन्ना भटिया(Tamannaah Bhatia) : मेगाब्लकबस्टर फिल्म ‘बाहुबली(Baahubali: The Beginning)’ को अभिनेत्री तमन्ना भटियाको सुन्दरता र अभिनयको चर्चा बलिउडमा पनि खुबै चर्चा हुने गर्छ। उनले थुप्रै बलिउड फिल्महरुमा काम गरेकी छिन् जसमा अजय देवगनसँगको हिम्मतवाला(Himmatwala) र अक्षय कुमारसँगको फिल्म ‘इन्टरटेन्मेन्ट(Entertainment)’ सामेल छ। विशेषत: दक्षिण भारतीय फिल्म उद्योगमा काम गर्ने अभिनेत्री तमन्ना मूलरूपमा पञ्जाब(Punjab)की हुन्।

१०. चार्मी कौर(Charmy Kaur) : अन्त्यमा हामी चर्चा गरौँ दक्षिण भारतीय चलचित्र उद्योगकी एक अर्को लोकप्रिय अभिनेत्री चार्मी कौरको बारे। चार्मी दक्षिण भारतीय चलचित्र उद्योगका थुप्रै हिट फिल्महरुमा आइटम नम्बर र साइड रोलमा देखिएकी छिन्। तर तपाईलाई शायद थाहा नहुन सक्छ उनी मुम्बई निवासी हुन्।

अर्को समाचार:

प्रेम त सबैले गर्छन्, तर साँचो प्रेम गर्न यी उदाहरणीय ६ जोडीबाट सिक्नुहोस्