भदौ १७ गतेको पञ्चाङ्ग तथा राशिफल : –
दिन : सोमवार
तिथि : औंसी दिनरात, त्यसपछी औंसी
नक्षत्र : मघा ००:४५ बजेसम्म, त्यसपछी पूर्वफाल्गुनी
योग : शिव १९:५९ बजेसम्म, त्यसपछी सिद्ध
करण : चतुष्पद १७:३५ बजेसम्म, त्यसपछी नाग ०६:२०बजेसम्म, त्यसपछी नाग
कार्यक्रमहरू : सोमवारे औंसी, कुशेऔंसी / पिता सम्मान दिवस, हलो बार्ने, निशि बार्ने, मोतीराम जयन्ती
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
आफ्नो क्रोधलाई संयम बनाईराख्नुहोस। नत्र तपाईको कार्य र सम्बन्ध बिग्रिने सम्भावना रहेको छ। मानसिक चिन्ताको कारण कुनै पनि कार्यमा मन जानेछैन। स्वास्थ्यमा पनि समस्या आउनेछ। कुनै धार्मिक स्थल अथवा मांगलिक प्रसंगमा उपस्थित हुन तपाईलाई आमन्त्रित गरिनेछ ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
सफलता प्राप्त गर्न ढिलाइ हुदा तपाई निराश हुनुहुनेछ। कुनै पनि नया कार्यको शुभारम्भ नगर्नुहोस । खानपानमा ध्यान दिनुहोस। कार्यभार धेरै धेरै हुदा शिथिलता महशुस हुनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
तपाइको दिन आनन्दले बित्नेछ। शारीरिक र मानसिकरुपबाट तपाई खुसीको अनुभव गर्नुहुनेछ । स्वादिष्ट भोजनको स्वाद लिनुहुनेछ। तपाईको मान-सम्मान र लोकप्रियतामा पनि वृद्धि हुनसक्नेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
यस दिन व्यवसायमा लाभदायी हुनेछ । परिवारजन तपाईको साथ आनन्दपूर्वक समय बिताउनेछन् । मानसिकरुपबाट तपाई स्वस्थ अनुभव गर्नुहुनेछ । प्रतिस्पर्धिमाथि विजयी हुनेछ। खर्चको मात्र बढ्नेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
तपाइको लागि यस दिन रचनात्मकता र कला सम्बन्धित प्रवृतिको लागि सबै भन्दा राम्रो दिन रहनेछ। आफ्ना आफन्तहरुसंग भेटघाट हुनेछ। शारीरिक स्वास्थ्य पनि राम्रो रहनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
तपाईको दिन कठिनाईका साथ बित्नेछ। शारीरिक स्फूर्तिको अभाव रहनेछ र मानसिकरुपमा चिन्ता बनिरहनेछ। पत्नीसंग झगडा हुनसक्ने सम्भावना छ । घर जग्गाको काममा सावधानी अपनाउनुहोस्।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
तपाइको दिन आनन्दका साथ बित्नेछ। प्रतिस्पर्धीहरूको अगाडि विजयको स्वाद प्राप्त गर्न सक्नुहुनेछ । तपाइको प्रत्येक कार्यले सफलता प्राप्त गर्छ। आफन्तसंग भेट हुनेछ। मानसिकरुपबाट पनि प्रसन्न बनिरहनुहुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
परिवारमा झ’गडामुक्त वातावरण बनाउनको लागि आफ्नो रिसलाई संयम राख्नुहोस। तपाइको बोलिले कसैको मनमा ठेस पुग्न सक्छ। त्यसैले आफ्नो बोली संयमित राख्नुहोस । स्वास्थ्य बिग्रिन सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
तपाईले आफ्नो निर्धारित कार्य सम्पन्न गर्नुहुनेछ। शारीरिक र मानसिक स्वस्थता बनिरहनेछ। जसबाट स्फूर्ति र प्रसन्नता छाईरहनेछ।परिवारमा मांगलिक प्रसंग बन्नेछ । आफन्तको साथ भेटघाट हुदा मन प्रसन्न हुनेछ। सामाजिक रुपबाट तपाईको मान-प्रतिष्ठामा वृद्धि हुनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
धार्मिक र आध्यात्मिक विषयमा रुचि हुदा यस कार्यमा व्यस्तता बढ्नेछ। साथै यसमा खर्च पनि हुनेछ। व्यवसायिक कार्यमा उपस्थित हुनेछ। स्नेहीजनको प्रतिष्ठामा हानि हुनेछ । शारीरिक स्फूर्ति तथा मानसिक प्रसन्नतामा कमिको अनुभव हुनेछ । परिश्रम अनुसार फल प्राप्त नहुदा निराशाको अनुभव हुनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
तपाइको दिन लाभदायी हुनेछ। व्यवसायिक क्षेत्रमा तपाइको लागि लाभदायी दिन रहनेछ। साथीहरुसंग भेट हुदा मनमा आनन्द छाउनेछ। नया कार्य शुभारंभ तपाइको लागि लाभदायी रहनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
व्यवसायिक दृष्टिबाट तपाइको दिन लाभदायी रहनेछ। तपाइको व्यवसायमा पदोन्नतिको पनि योग रहेको छ। व्यापारीहरुको व्यापारमा लाभ हुनेछ तथा उनीहरुको कार्य क्षेत्रमा वृद्धि पनि हुनेछ । पिताबाट लाभ हुनेछ । पारिवारिक वातावरण आनन्ददायी रहनेछ । मान-प्रतिष्ठामा वृद्धि हुनेछ।