भदौ २१ गतेको राशिफल : हरितालिका तीजका दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

भदौ २१ गतेको पञ्चाङ्ग : –
दिन : शुक्रवार
तिथि : तृतीया १२:०८ बजेसम्म, त्यसपछी चतुर्थी
नक्षत्र : हस्त ०८:०९ बजेसम्म, त्यसपछी चित्रा
योग : शुक्ल २२:०० बजेसम्म, त्यसपछी ब्रह्म
करण : गर १२:०८ बजेसम्म, त्यसपछी वणिज ०१:०८बजेसम्म, त्यसपछी भद्रा

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आफ्नो निजी विचारलाई छोडेर अन्य विचारलाई अपनाउनु होला। घर तथा परिवारसँग काम गर्ने समयमा समाधानकारी व्यवहार अपनाउन उचित छ । कसैसँग वाद-विवाद  वा  मनमुटाव होला ।अधिक खर्च हुन सक्ला ।आर्थिक विषयमा सावधानी अपनाउनुहोला ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईं आर्थिक जिम्मेवारीहरूप्रति ध्यान दिनुहुन्छ। आर्थिक लाभ हुने सम्भावना छ। मनमा उत्साह  र विचारको स्थिरताको कारण सबै कार्य  ठीक लाग्छ। मनोरंजन, सौंदर्य-प्रसाधन, आभूषण आदिमा खर्च होला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको बोलिले भ्रान्ति खडा नहोस् यस कुराको ध्यान राख्नुहोला । आवेश र  उग्रताको कारण कसैसँग झगडा नहोस यस कुराको ध्यान राख्नुहोला । खासगरी आँखामा पीडा होला । ईश्वरको ध्यान र  आध्यात्मिकताले मन शान्त होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको लागि लाभदायक दिन छ। जागिर र ब्यापार ब्यवसायमा लाभ हुने संकेत छ। साथीभाइसँग खुसीसाथ समय बिताउनु हुनेछ । विवाह हुने  योग छ। आम्दानीका स्रोत बढ्नेछन् । आकस्मिक धन प्राप्त हुनेछ। आर्थिक योजना सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुन्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

कार्यक्षेत्रमा  प्रभाव पर्नेछ । उच्च अधिकारी तपाईको कार्यलाई सकारात्मक हुनाले प्रसन्न हुनेछन् । तपाई आआफ्नो कार्य दृढ मनोबल र् आत्मविश्वास पुर्वक गर्नुहुनेछ । पितासँग सम्बन्ध प्रेमपूर्ण रहनेछ । सम्पत्ति सम्बन्धित कार्य गर्नको लागि दिन अनुकुल छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईको दिन प्रतिकुलतामय रहनेछ । मन चिन्ताले व्यग्र रहनेछ । पेसा वा व्यवसायिक स्थलमा सहकर्मचारीको र उच्च अधिकारीको व्यवहार नकारात्मक रहनेछ । सन्तानको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

कसैसँग वादविवाद वा झगडा नगर्नुहोला।  बोली र व्यवहारमा ध्यान दिनुहोला । स्वास्थ्यको ख्याल गर्नु होला। आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ । आध्यात्मिक चिन्ताको माध्यम बाट मानसिक शान्ति प्राप्त गर्न सक्षम हुनुहुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको लागि मनोरञ्जनको दिन छ। साथीहरूसँग पार्टी वा पिकनिकमा दिन धेरै राम्रोसँग बित्नेछ। लत्ताकपडा, सवारी साधन र भोजनको राम्रो आनन्द प्राप्त हुनेछ। तपाईको इज्जत बढ्नेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दिन तपाईको लागि अनुकूल छ। घरको वातावरण रमाइलो रहनेछ। तपाई  शारीरिक रूपले स्वस्थ रहनुहुनेछ। व्यवसायिक स्थलमा वातावरण अनुकूल रहनेछ। अपेक्षित सहयोग मिल्नेछ। घर बाट शुभ समाचार आउनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईले आलस्य, थकान, कमजोरीका कारण शारीरिक रूपमा अस्वस्थ महसुस गर्नुहुनेछ। मानसिक रुपमा चिन्तित रहनु हुनेछ। उच्च अधिकारी तपाईको कामबाट सन्तुष्ट हुने छैनन्। मनमा दुविधाको कारण निर्णय गर्नमा बाधा आउनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

तपाईको स्वभावमा जिद्दीपन रहनेछ । अधिक भावुकताको कारण मन अस्वस्थ रहनेछ । सामाजिक रुपमा सम्मान भंग नहोस यस कुराको ध्यान राख्नुहोला । घर र सम्पत्तिसंग सम्बन्धित कार्यलाई सम्हालेर चल्नुहोला । विद्याप्राप्तिको लागि अनुकुल दिन छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

आवश्यक निर्णय लिनको लागि शुभ दिन छ । सिर्जनात्मक शक्ति वृद्दि हुनेछ । विचारमा स्थिरता तथा मनमा दृढता हुनाले कार्य राम्रोसँग गर्न सक्नुहुन्छ । सामाजिक रुपले मान-प्रतिष्ठा वृद्दि होला ।

अर्को समाचार:

भदौ २३ गतेको राशिफल : निकै शुभ रहनेछ यी ६ राशिको दिन, अरु राशिलाई ऋषिपञ्चमी कस्तो रहला ?