जेठ १ गतेको राशिफल : महिनाको पहिलो दिन १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

जेठ १ गतेको पञ्चाङ्ग : –
दिन : मंगलवार
तिथि : षष्ठी ०५:२० बजेसम्म, त्यसपछी सप्तमी
नक्षत्र : तिष्य १५:३४ बजेसम्म, त्यसपछी अश्लेषा
योग : गण्ड १०:०५ बजेसम्म, त्यसपछी वृद्धि
करण : तैतिल ०५:२० बजेसम्म, त्यसपछी गर १७:४८बजेसम्म, त्यसपछी वणिज
कार्यक्रमहरू : गंगोत्पत्त / गङ्गा सप्तमी, ज्येष्ठ संक्रान्ति
जेठ ०१, २०८१, मंगलवार
14 May, 2024
षष्ठी, वैशाख शुक्लपक्ष
बछलाथ्व, ११४४ ने.सं.
सूर्योदय : – ५:१७
सूर्यास्त : – १८:४४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आफन्तजन तथा निकट सम्बन्धिसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ, सजग रहनुहोला। शारीरिक तथा मानसिक रूपमा तपाईं अस्वस्थ रहनुहोला। अनिन्द्राले सताउन पनि सक्छ। पारिवारिक स्थिति नकारात्मक रहनाले तपाईंको मन चिन्तित रहला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईंको लागि दिन शुभ रहला। हरेक कार्य सफलताका साथ सम्पन्न हुनेछ। साथी-भाइबाट मद्दतको आशा राख्न सकिन्छ। शारीरिक तथा मानसिक स्थिति राम्रो रहनेछ। अनावश्यक रूपमा धन खर्च हुनसक्छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

नयाँ कार्य सुरु गर्नका लागि दिन शुभ छैन। शारीरिक रूपमा तपाईं स्वस्थ रहनुहुने छैन। पारिवारिक वातावरण पनि नकारात्मक रहला। विद्यार्थी वर्गका लागि समय उत्तम छैन। शत्रु सक्रिय हुनेछन् तर तपाईं हाबी हुन सफल हुनुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

छोटो तथा रमणीय यात्राको सम्भावना रहेको छ। यस दिन तपाईंको स्वास्थ्य पनि राम्रो रहनेछ। प्रियजनसँग भेट हुँदा तपाईंको मन प्रशन्न रहनेछ। तर मध्यान्हपछि भने तपाईंको स्वास्थ्यमा केहि समस्या आउनसक्छ, सजग रहनुहोला। अनावश्यक क्षेत्रमा खर्च बढी हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

कुनै पनि कार्य सुरु गर्न वा कुनै प्रकारको निर्णय गर्नको लागि दिन शुभ नरहला। पारिवारिक कार्यमा धेरै रकम खर्च हुनसक्छ। तपाईंले आफ्नो वाणी तथा क्रोधमा संयम राख्नु पर्ने देखिन्छ। आफन्तसँग मनमुटावको स्थिति आउनसक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईंको लागि दिन मध्यम फलदायी रहनेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ नै रहनुहुनेछ। व्यापार व्यवसाय क्षेत्रमा दिन अत्यन्त शुभ रहनेछ। मध्यान्हपछि भने परिस्थिति प्रतिकूल हुनसक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

पारिवारिक वातावरण सुखमय रहनेछ। परिवारका सदस्यसँग सुखद समय व्यतित गर्न सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ। घर सजावटको कार्यमा व्यस्त रहनुहोला। व्यापारमा उत्कृष्ट लाभ मिल्ने सम्भावना रहेको छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

भाग्यवृद्धिको योग रहेको छ। वैदेशिक क्षेत्रमा रहेका आफन्तबाट शुभ समाचार प्राप्त होला। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। धार्मिक यात्राको सम्भावना रहेको छ। व्यापार व्यवसायमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला। निषेधात्मक विचार मनमा आउनसक्छ। आर्थिक संकटले सताउन सक्छ। आकस्मिक धन लाभ मिल्ने योग देखिन्छ। व्यापारमा पनि लाभ मिल्ने संकेत रहेको छ। आफन्त तथा मित्रहरुसँग आनन्दमय समय बिताउन सफल हुनुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईंले परिवारका सदस्यसँग आनन्दमय समय बित्नेछ। तपाईंका लागि दिन शुभ भन्न नमिल्ला। अधिक खर्च हुनाले आर्थिक संकटले सताउन सक्छ। सरकारी कार्यमा विभिन्न बाधाले सताउला। अनैतिक कार्य गर्नबाट बच्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

तपाईंको दिन सुख-शान्तिमय नै रहला। पारिवारिक जीवन आनन्दमय रहनेछ। परिवारका सदस्यसँग रमणीय समय बित्नेछ। स्वास्थ्य पनि राम्रो नै रहनेछ। वाहन सुख पनि प्राप्त हुनसक्छ, जसको कारण मन प्रशन्न रहला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

विपरित लिंगीप्रति आकर्षण बढ्नेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। नयाँ कार्य सुरु गर्नको लागि पनि समय उत्तम नरहला। तर मध्यान्हपछि भने परिस्थिति अनुकूल हुँदै जानेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ।

अर्को समाचार:

जेठ २ गतेको राशिफल : बुधबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?