कार्तिक ६ गतेको राशिफल : मङ्गलबारको दिन १२ राशिलाई अनुकूल – प्रतिकूल कस्तो रहला ?

कार्तिक ६ गतेको पञ्चाङ्ग तथा राशिफल :

दिन : मंगलवार
तिथि : पञ्चमी ०७:४० बजेसम्म, त्यसपछी षष्ठी
नक्षत्र : मृगशिरा ११:४२ बजेसम्म, त्यसपछी आर्द्रा
योग : परिघ १५:११ बजेसम्म, त्यसपछी शिव
करण : तैतिल ०७:४० बजेसम्म, त्यसपछी गर १९:०८बजेसम्म, त्यसपछी वणिज

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आध्यात्मिक दृष्टिले तपाइको आजको दिन अनौठी अनुभूति गर्नु हुनेछ । पढाइमा मन जानेछ। बोलीमा संयमता राख्नुहोला । नयाँ कामको थालनी नगर्नु होला । बसाई सराइको लागि समय उचित रहेको छैन । साझको समयमा शुभ समाचार मिल्नेछ । आध्यात्मिक सिद्धि मिल्ने योग छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

पारिवारिक शुख अनुभव गर्नु हुनेछ । परिवार तथा आफन्तहरु सँग रमाइलो समय बित्नुको साथै मिठो भोजन हुनेछ । छोटो रमाइलो यात्रा हुनेछ । विदेश बाट शुभ समाचार मिल्नाले मन खुशी हुनेछ। आकस्मिक धन लाभ हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

दिन शुभ फलदाहि हुनेछ । शान्ति तथा आनन्दको वातावरण हुनेछ। अधुरा कार्य सम्पन हुनेछन् । आर्थिक लाभ हुनेछ। खर्च बढ्न सक्छ । तर खर्च बेकार हुनेछैन । स्वास्थ्य राम्रो हुनेछ । रिश बढ्न सक्छ । बोलीमा संयमता राख्नु होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

आजको दिन शान्ति पूर्ण बित्नेछ। जसको कारण तपाइ शारीरिक तथा मानशिक रुपमा अस्वस्थ अनुभव गर्नुहुनेछ। पेट सम्बन्धि समस्याले सताउन सक्छ । अचल सम्पति तथा वाहनको समस्याले सताउन सक्छ । दिउसोको पछि तपाई खुशी अनुभव गर्नुहुनेछ। आकस्मिक खर्च बढ्न सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

छोटो यात्रा हुनेछ। विदेशीहरूले राम्रो समाचार पाउनेछन्। धन लाभ हुनेछ। नयाँ कामको थालनी गर्नको लागि राम्रो समय राम्रो छ। मध्यान्न पछी तपाइ सहनशील हुनुहुनेछ। मानशिक हतास हुनेछ । शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक तथा जमिनसँग सम्बन्धित समस्याले सताउन सक्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

मानशिक अस्थिर र अस्वस्थ अनुभव गर्नु हुनेछ । परिवारक सदस्य सँग बेकारको विवाद हुन सक्छ। बोलीमा संयमता राख्नुहोला । अन्यथा मन दुख्न सक्छ। शारीरिक तथा मानिशिक स्वास्थ्यको चिन्ता बढ्ने छ । सरकारी तथा अचल सम्पतिमा लगानी गर्दा बिशेस ध्यान दिनुहोला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाइको मनोबल कम्जोर हुनेछ । तेसैले कुनै निर्णय लिनको लागि कठिन हुनसक्छ । महत्वोपूर्ण बिषयमा निर्णय नलिनु होला । परिवारमा विवाद बढ्न सक्ने हुँदा बोलीमा बिशेस ध्यान दिनुहोला। जिद्धि पनलाई कम गर्नु होला। जसले बिभिन् समस्या बाट बचाउछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तापको समय शुभ रहेको छ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुनेछ। परिवारसँग आनन्दमय समय बित्नेछ । आफन्तबाट उपहार तथा दक्षिणा मिल्न सक्छ। शुभ समाचार मिल्ने छ । रमाइलो यात्रा हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

बिभिन्न समस्याको सामना गर्न पर्ने हुनसक्छ। परिवारका सदस्य सँग विवाद हुन सक्छ । दुख बढ्न सक्छ ।अधुरा कार्य पुरा हुनेछन्। आर्थिक लाभ हुनेछ । खर्च बढ्न सक्छ।तर खर्च ब्यर्थ हुने छैन। स्वास्थ्य राम्रो हुनेछ ।स्वभावमा रिश बढ्ने छ ।बोलीमा संयमता राख्नु होला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

आफन्त तथा साथीगरु संगको भेटले मन खुशी हुनेछ । घरमा शान्ति तथा आनन्दको वातावरण हुनेछ । अधुरा कार्य पुरा हुनेछन् । सामाजिक क्षेत्र तथा व्यापारिक क्षेत्रमा लभ मिल्नेछ । जीवन साथीको खोजीमा रहेका हरुलाइ सरलतापूर्ण सफलता मिल्नेछ। रमाइलो यात्रा हुनसक्छ। घरमा केहि शुभ कार्य हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

आजको दिन तपाइको शुभ फलादाही हुनेछ । तपाइको हरेक कार्यमा सफलता प्राप्त हुनेछ । मन खुशी हुनेछ । उच्चअधिकारी प्रसन्न हुदा पद पढ्ने योग छ । धन प्राप्तिको योग बनेको छ । दाम्पत्य जीवनमा शुख शान्ति छाउने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मानसिक चिन्ता को कारण तनाब बढ्न सक्छ । शरिरमा थकान र आलस्यता अनुभव गर्नु हुनेछ। सन्तानको चिन्ता बढ्न सक्छ । महत्वोपूर्ण निर्णय नलिनु होला । व्यापारमा बाधा हुन सक्छ । नकारात्मकतालाई महत्त्व नदिनु होला ।

अर्को समाचार:

कार्तिक ७ गतेको राशिफल : बुधबारको दिन १२ राशिलाई शुभ या अशुभ कस्तो रहला ?