असोज २८ गतेको राशिफल : सोमबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

असोज २८ गतेको पञ्चाङ्ग तथा राशिफल :
दिन : सोमवार
तिथि : द्वादशी ००:२६ बजेसम्म, त्यसपछी त्रयोदशी
नक्षत्र : शतभिषा २२:३३ बजेसम्म, त्यसपछी पूर्वभाद्रपदा
योग : गण्ड १६:४१ बजेसम्म, त्यसपछी वृद्धि
करण : वव १३:२९ बजेसम्म, त्यसपछी वालव ००:२६बजेसम्म, त्यसपछी कौलव

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक तथा सार्वजनिक क्षेत्रमा प्रशंसा पाउनुहुनेछ । कुटुम्ब र दाम्पत्यजीवनमा  सुख र सन्तोष अनुभव गर्नुहुनेछ।प्रिय व्यक्तिको प्रेम प्राप्त गर्नुहुनेछ। विचारमा उग्रता र आधिपत्यको  भावना बढ्नेछ। बौद्धिक चर्चामा भाग  लिन अवसर प्राप्त हुनेछ।

वृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक मानसिक स्वस्थताको साथसाथै आफ्नो कार्य निर्धारित रूपले आयोजनपूर्वक पूरा गर्नुहुनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा  सुधार आउनेछ। कार्य स्थानमा सहकर्मीको सहयोग मिल्नेछ। कार्य पूरा हुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नयाँ कार्यको सुरुवात गर्नको लागि अनुकूल दिन रहेको छ ।  जीवनसाथी र सन्तानको स्वास्थ्यको ध्यान राख्नुहोला। चर्चा, वाद- विवादको क्रममा मानहानि होला। स्त्री  मित्रमा पैसा खर्च हुनेछ। शारीरिक र मानसिक अस्वस्थताको कारण उत्साहमा कमी आउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आनन्द र स्फूर्तिको अभाव रहनेछ। मनमा खिन्नता रहनेछ। छातीमा दुखाई वा अन्य कुनै कारण समस्या हुनेछ। अनिन्द्राले सताउनेछ। सार्वजनिक रूपबाट स्वाभिमान भंग नहोस यस कुराको ध्यान राख्नुहोला। धन खर्च हुनेछ। जलाशय नजिक नजानुहोला।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शरीरमा  ताजगी र चित्तको प्रसन्नताको अनुभव गर्नुहुनेछ। साथीसँग अधिक घनिष्ठता अनुभव गर्नुहुनेछ। मित्र एवम् आफन्तसँग  लघु पर्यटन वा  प्रवास हुनेछ। आर्थिक लाभ मिल्नेछ। प्रिय व्यक्तिको भेटले मन आनन्दित गर्नेछ।  भाग्यवृद्धिको प्रबल योग रहनेछ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिवारमा  सुख-शान्ति र कुटुम्बसँग आनन्दले दिन व्यतित गर्नुहुनेछ। तपाईको मधुरवाणीको  जादूले मान्छेलाई  प्रभावित गर्नेछ। मिष्टान्न भोजन मिल्नेछ। आयात-निर्यातको  व्यापारमा सफलता  मिल्नेछ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

रचनात्मक शक्ति प्रकट हुनेछ। सिर्जनात्मक प्रवृत्ति गर्नुहुनेछ। वैचारिक दृढ़ताले कार्य सफल हुनेछ। अलंकार, वस्त्र, मोजशोक  साधन तथा मनोरंजनमा पैसा खर्च हुनेछ। आत्मविश्वास बढ्नेछ।  जीवनसाथी तथा प्रिय व्यक्तिको  सानिध्य, रोमांचक र आनन्ददायक रहनेछ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दिनको समयमा मनोरंजनमा पैसा खर्च हुनेछ। मानसिक चिन्ता र शारीरिक समस्यामा रहनुहुनेछ। असंयमित बोलि वा व्यवहारको कारण झगडा हुन सक्ला। कुटुम्ब र आफन्तसँग अनबन रहनेछ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

व्यापार- धन्दाको  क्षेत्रमा लाभ हुनेछ। वसूली, प्रवास, आय आदिको लागि शुभ दिन रहेको छ। सरकारी  कार्य  सफलता मिल्नेछ वा  पेसामा  उच्च पदाधिकारीद्वारा तपाईको कामको प्रशंसा  हुनेछ। पदोन्नति योगको सम्भावना रहेको छ। पिताबाट लाभ हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यवसायको  क्षेत्रमा  धन, मान एवम  प्रतिष्ठा वृद्धि  हुनेछ। घर, परिवार र सन्तानको मामलामा आनन्द र सन्तोषको भावना  अनुभव गर्नुहुनेछ। व्यावसायिक कार्यको सम्बन्धमा  दौड़धूप बढ्नेछ। सरकारी कार्यमा सफलता मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वास्थ्यमा  बेचैनी, थकान अनुभव गर्नुहुनेछ ।  मानसिक स्वस्थता बनाईराख्नुहोला। शरीरमा  स्फूर्तिको अभाव रहनेछ। आफिस तथा काम-काजको ठाउँमा उच्च पदाधिकारीको रिसको सिकार बन्नुपर्नेछ। मोजशोक र घुम्नमा खर्च हुनेछ। विदेशबाट समाचार मिल्नेछ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

स्वास्थ्यको सम्बन्धमा विशेष ध्यान दिनुहोला। बिरामीमा खर्च हुनेछ । अचानक धन खर्च होला । अन्य कामकाजमा पनि  प्रतिकूलताको अनुभव गर्नु पर्नेछ। पारिवारिक सदस्यसँग मनमुटाव होला। आकस्मिक धन लाभले समस्यालाई टाढा गर्नेछ।

अर्को समाचार: