असोज २६ गतेको राशिफल : दशैँको टिकाको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

असोज २६ गतेको पञ्चाङ्ग :

दिन : शनिवार
तिथि : दशमी ०४:१८ बजेसम्म, त्यसपछी एकादशी
नक्षत्र : श्रवण ००:५५ बजेसम्म, त्यसपछी धनिष्ठा
योग : धृति २१:५८ बजेसम्म, त्यसपछी शूल
करण : तैतिल १७:०४ बजेसम्म, त्यसपछी गर ०४:१८बजेसम्म, त्यसपछी वणिज

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईको अद्वितीय कल्पनाशक्तिका कारण तपाईले हरेक कार्य राम्ररी सम्पन्न गर्नुहुनेछ र भविष्यका कार्यहरू व्यवस्थित गर्नमा पनि सफल हुनुहुनेछ।तपाई पक्कै पनि सफलताको पथमा अग्रसर हुनुहुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

कुनै पनि काम सावधानीपूर्वक गर्नुहोस्। तपाईको व्यावहारिक स्वभावले तपाईलाई बुद्धिमानी निर्णयहरू लिन मद्दत गर्नेछ। परिणामस्वरूप तपाई आफ्नो कार्य कुशलतापूर्वक पूरा गर्न सक्षम हुनुहुनेछ। भोलिको दिन विभिन्न योजनाको तयारीमा बित्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

भोलि घरपरिवार तथा सन्तानको समस्याले सताउनेछ। बिहानको समयमा बच्चालाई विद्यालयको गृहकार्यमा सहयोग गर्नुहोला। साँझको समयमा साथीभाई एवं आफन्तजनसँग होटेलमा भोजन गर्ने अवसर जुर्नेछ। र रमाइलो र मनोरञ्जनमा समय बित्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कुनै पनि कानुनी कागजातमा सोचविचार गरेर र कागजात अध्ययन गरेर मात्र हस्ताक्षर गर्न सल्लाह दिईन्छ। दलाल र व्यापारीले आफ्नो कारोबारमा ध्यान दिएनन् भने ठूलो घाटा ब्होर्नुपर्नेछ। दैनिक व्यापार सामान्य रहनेछ। ढुक्क भएर काम गर्नुहोला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मिहिनेत गरेअनुरुपको अपेक्षित फल प्राप्त हुनेछैन। आफ्ना विगतका गल्तीहरुबाट पाठ सिकी जीवनमा अगाडी बढ्नुहोला। आवश्यकता अनुसार मानिसहरुसँग व्यावहारिक हुनुहोला। आयमा वृद्धि हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

आफ्नो लजालु स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुहोस्, जसले तपाईलाई हरेक ठाउँमा सम्झौता र अनुकूल गर्न सहयोग गर्नेछ। प्रतिकूल परिस्थितिहरुमा तपाईले बुद्धिमानीपूर्वक काम गर्नुहोला। गणेशजीको कृपा साथमा हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

पैसालाई बुद्धिमानीपूर्वक प्रयोग गर्ने तपाईंको स्वभाव प्रशंसनीय छ। यो भविष्यको लागि बचत गर्ने उत्तम तरिका हो। तपाईको यहीँ स्वभावको कारण व्यर्थका सामानमा खर्च गर्नुहुनेछैन्। निकट भविष्यमै तपाईले नयाँ घर या वाहन किन्नुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

व्यापारका कारण यात्राको सम्भावना छ। तसर्थ यात्राको थकानले तपाईको स्वास्थ्य अलिकति बिग्रने सम्भावना छ। भोलि तपाई परिवार र साथीभाईहरूसँग राम्रो समय बिताउन सक्षम हुनुहुनेछ। सन्तानको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कार्यस्थलमा नयाँ चुनौतीको सामना गर्नुपर्नेछ। तपाईको योजनामा नयाँ परियोजना समावेश हुनेछ। सञ्चारमाध्यम या मार्केटिङसँग सम्बन्धित व्यक्तिहरुले आफ्नो कामको लागि प्रशंसा पाउनेछन्। आफ्नो बोलीमा मात्र अडिग नरहेर अरुको कुरामा पनि ध्यान दिनुहोला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

प्रेममा पर्नुहुने देखिन्छ। प्रेम स्वीकार गर्न र विवाहको प्रस्ताव राख्नको लागि भोलि शुभ दिन हो। खोजेको/रोजेको जस्तै कुमार या कुमारी पाउनुभएमा विवाहको तयारी गर्नुहोला। गणेशजीको आशीर्वाद तपाईको साथमा छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यदि कुनै हितैषीले तपाईलाई सल्लाह दिएमा नरिसाउनुहोला। भोलि ग्रहको चालले गर्दा अरु मानिसहरुको पनि कुरा सुन्नुपर्नेछ। एकचोटि तपाईले निश्चित विषयमा समाधान खोज्नुभएमा सबैकुरा ठिक हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

जीवनसाथीको व्यापारले तपाईलाई भोलि भ्रमित पार्नेछ। शङ्का-उपशङ्का गर्नुको सट्टा स्वस्थ कुराकानी गरेर सम्बन्धमा माधुर्य ल्याउनुहोला। साझेदारीको व्यापारमा केही तनाव सिर्जना हुनेछ। जागिर खानेहरुले आफ्नो कार्यालयमा राम्रो काम गर्नेछन्। भोलिको दिन तपाईको लागि मिश्रित फलदायक रहनेछ। साँझसम्ममा आराम महसुस हुनेछ।

अर्को समाचार:

असोज २८ गतेको राशिफल : सोमबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?