३ विवाह र ८ वटा प्रेमी हुँदा पनि यी अभिनेत्रीलाई मिलेन साँचो माया

एजेन्सी – अमेरिकी अभिनेत्री एन्जेलिना जोली आफ्नो अभिनय र सौन्दर्यको कारण संसारभर परिचित छिन् । एन्जेलिनाले आफ्नो अभिनय करियरमा एक पटक ओस्कार अवार्ड र तीन पटक गोल्डेन ग्लोब अवार्ड जितेकी छिन्।

उनी धेरै पटक हलिउडको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा समावेश भैसकेकी छिन्। अभिनेत्री स्कूलको समय देखि अभिनयको लागी समर्पित भएकी थिइन् । उनले १६ वर्षको उमेरमा उनले फिल्महरुमा काम गर्न थालेकी थिइन्।

जब एन्जेलिना सानै थिइन् तब उनी धेरै जिद्दी थिइन्। यस कारण उनी पनि स्कूलबाट निष्कासित भएकी थिइन् । उनले पढाइको क्रममा पाँचवटा विद्यालयबाट आफ्नो स्कूल शिक्षा पूरा गरेकी थिइन् ।

एन्जेलिनाले सन १९९५ मा फिल्म ‘ह्याकर्स’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यो फिल्मको सुटिङको क्रममा उनी ब्रिटिश अभिनेता जोनी ली मिलरको प्रेममा परेकी थिइन् । त्यस पछी दुवैले सन १९९६ मा विवाह गरेका थिए र तीन वर्ष पछि सम्बन्ध विच्छेद भयो।

सन १९९९ मा अभिनेत्रीले जोन कुसाक र बिली बब थोर्नटन सँग कमेडी फिल्म ‘पुशिंग टिन’ मा अभिनय गरिन् । यसको एक वर्षपछि एन्जेलिनाले थोर्नटनसँग विवाह गरिन् र २००३ मा सम्बन्ध विच्छेद भयो।

त्यसपछि अभिनेत्री एल्जेलिना सन २००५ मा फिल्म ‘मिस्टर एण्ड मिसेज स्मिथ’ सुटिङको क्रममा ब्राड पिटसँग भेट भयो त्यसपछि अभिनेत्रीको यो सम्बन्ध पनि धरै टिकेन र सन २०१९ मा सम्बन्ध बिच्छेद भयो ।

रिपोर्टहरुको अनुसार यी दिनहरु एन्जेलिना एक अमेरिकी मानवतावादीको प्रेममा छिन् । रिपोर्टका अनुसार यी अभिनेत्रीले तीनपटक विवाह गरिन् भने अहिलेसम्म उनको ८ वटा प्रेमी भैसकेका छन्। जुन सम्बन्ध धरै समयसम्म टिक्न सकेन।

अर्को समाचार: