बैशाख १७ गतेको राशिफल : तुला, धनु र मीनलाई खासै राम्रो छैन दिन, तपाईको दिन कस्तो रहला ?

बैशाख १७ गतेको पञ्चाङ्ग : –

दिन : सोमवार
तिथि : पञ्चमी ०५:५२ बजेसम्म, त्यसपछी षष्ठी ०४:३८बजेसम्म, त्यसपछी सप्तमी
नक्षत्र : पूर्वाषाढा ०२:४० बजेसम्म, त्यसपछी उत्तराषाढा
योग : सिद्ध २२:४७ बजेसम्म, त्यसपछी साध्य
करण : तैतिल ०५:५२ बजेसम्म, त्यसपछी गर १७:१८ बजेसम्म, त्यसपछी वणिज ०४:३८ बजेसम्म, त्यसपछी भद्रा
कार्यक्रमहरू : अन्तर्राष्ट्रिय नृत्य दिवस

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

समस्या धेरै नै आउनेछन् तर त्यसलाई समाधान गर्न सक्ने क्षमता तपाईंमा विद्यमान छ । मित्रको सहयोगले पनि धेरै काम बन्ला । व्यापार, व्यवसायमा त्यति ठूलो फाइदा देखिँदैन । स्वास्थ्यसम्बन्धी समस्या परेर दिक्दारी हुनेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिन राम्रो खालको छ । सुरुमा नै इष्टमित्रसँग भेट हुनुका साथै भोजभतेरसमेत पर्ला तर नातेदारबाट विशेष उपलब्धि भने पाउन सक्नुहुने छैन । व्यापारसम्बन्धी काममा निकै बाधा आउनेछन् । आर्थिक स्थिति पूरा सबल देखिन्न । हाललाई देवीको सेवा गर्नु आवश्यक छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

आफ्नो एवं परिवारको स्वास्थ्यमा गडबडी भएर विशेष खर्च हुन पनि सक्छ । दिनहरू अलि सप्रिएका देखिन्छन् । खास ठूलो उपलब्धि भने पाउन सक्नुहुने छैन । वाणीमा ओज छ र वक्तृत्वकलाबाट ठूलै फाइदा उठाउन सक्नुहुनेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

अलिकति खर्च बढे पनि दिनलाई नराम्रो भन्न मिल्दैन । मित्रबाट त्यति ठूलो फाइदा लिन सक्नुहुन्न । आफ्नै प्रतिभा र परिश्रमले काम बन्ला । पढाइमा अलिकति गति आउन थालेको छ । नारायणको दर्शन गरिरहनुहोस् । व्यापारमा समेत फाइदा हुनसक्छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

घटेको प्रतिष्ठामा सुधार आउन सक्छ तर खर्च भने घट्लाजस्तो छैन । जताबाट भए पनि खर्चै गर्नुपर्ने परिबन्द पर्नाले मनमा खिन्नता होला। व्यापार, व्यवसायबाट सामान्य मात्र लाभ लिन सक्नुहुनेछ । हाललाई तपाईका लागि टेवा दिने पक्ष जागिर नै हो ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

बोल्दा अति नै संयमित हुनुहोस् । मित्र घट्ने र विपक्षी बढ्ने समय छ। आर्थिक स्थिति भने त्यति नराम्रो देखिँदैन । स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ । जागिरबाट सामान्य टेवा मात्र मिल्ला । पीपलमा हरेक दिन जल हालिरहनुहोस् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दिन त्यति राम्रो छैन, त्यसैले ठूलो रकमको लेनदेन नगर्नुहोस् । क्रमिक रूपमा सुधार हुँदै आउला । उत्साहमा अलिकति पनि कमी छैन । व्यापारसम्बन्धी कामले विशेष फाइदा दिनेछ । प्राविधिक खाले काम तपाईंका लागि लाभप्रद छन् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मध्यम खाले समय छ । मनमा डर लागिरहला । बेकारको काममा पनि हिँड्नु पर्ला जस्तो छ । मद्दत गर्नेभन्दा रिस गर्नेहरू बढी छन् । गणेशको दर्शन नगरीकन तिनीहरूबाट मुक्ति पाउन सक्नुहुने छैन । जागिरतिर भने हाल नराम्रो समय छैन ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मनमा शङ्का र भय भइरहला । त्यसैले कुनै पनि काम ठोस रूपमा गर्न सक्नु हुनेछैन। परिवारबाट पाएको सहयोगले मात्र निकै काम गर्ला। मित्र असल खालका छन् र मद्दत नै दिनेछन् । पढाइमा बढी समय जाला भने लेखाइमा कम मात्र ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यात्राको सम्भावना टड्कारो रूपमा देखा पर्छ । प्रेम वा विवाहमा पनि हालको समय प्रगतितिर उन्मुख छ । स्वास्थ्यको स्थिति मध्यम खालको रहला । पढाइमा गरिएको लगानी खेर जाने छैन । नोकरीतिर अनिश्चयकै स्थिति रहला ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

समय राम्रो आएको छ । बौद्धिक स्थिति परिमार्जित नै रहला । स्वास्थ्यसम्बन्धी सानोतिनो समस्या आउन सक्छ । त्यसैले बिहानै शिवजीको दर्शन गर्नुहोस्। अरूलाई प्रभावित पार्न सक्नुहुनेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

स्वास्थ्यका लागि दिन त्यति राम्रो देखिन्न । पढाइमा समय दिन खोजे पनि सकिने छैन । मित्रबाट ठूलो सहयोगको अपेक्षा नगर्नुहोस् । जागिरतिर हाल त्यति नराम्रो समय छैन । नारायणको दर्शन गरिरहनुहोस् ।

अर्को समाचार:

बैशाख १८ गतेको राशिफल : ५ राशिलाई अनुकूल छ मङ्गलबारको दिन, हुनेछ धनलाभ