क्रिकेटर सन्दीप लामिछाने लेख्छन् – ‘मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन’

काठमाडौँ : – क्रिकेटर सन्दीप लामिछानेले मङ्गलबार राति सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस हाल्दै आफूलाई फाँसी दिनुपर्ने बताएका छन्। उनले जिल्ला अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै फैसलामा गम्भीर त्रुटी भएको बताएका छन्। यससँगै उनले तथाकथित सामाजिक अभियन्ताहरुलाई पनि निशाना साँधेका छन्। उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस जस्ताको तस्तै : –

धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा सिथिल भई सके।

सामाजिक संस्था र सामाजिक संजाल मा अनि झुट का न्याय का लागि लड्ने एकथरी गज्जब का आमा, दिदि हरु रहेछन अनि केही प्रभाव पार्ने पत्र पत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि। ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहि ले मलाई पिडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान।

तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु | जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।

अन्तमा म निर्दोष छु र मेरो निर्दोशिता मा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस।बिनती छ।🙏
सन्दिप लामिछाने
I kept silent for a long time, kept myself in the dark and waited for each moment of hardship, hope and peace. I know that there is a serious error in the decision made by the district court, but I had no option then keeping myself silent and in seclusion for a long time. My legal team is fully confident that I have been convicted of a crime that I didn’t commit. Each time they say, “You are a victim of miscarriage of justice. Neither the facts, nor the evidence, nor any substantial findings of investigation supports what you have been convicted of. “But, till when and how do I accept this wrongful conviction? I am deeply saddened, frustrated and becoming incapacitated waiting for justice. There are mothers and sisters from social organizations and social networks and Papers claiming that they fight for wrongful justice and justice for business and have influential control and capacity to pressurise institutionally to state mechanism. This is my express and open challenge to all those so-called activists out there, you still have time to prove whether there was any relationship between me and Gaushala 26 either coercive or under undue influence.

Just prove it with facts and evidence. In case you can prove in the court or out of the court room and if I am found to be guilty, I am ready to face any set of ordeal. I am ready to be hanged or Imprisoned for more than 8 years. But, please note, we all, the whole world has understood your conspiracy, prejudices and plots made prior and after the imaginary events. I have been guilty not by law but by speculation and sole statements. I am sure if conviction is made on such speculation, tomorrow you and the whole world will face serious consequences of conviction. Those so-called women social activists are so selfish and criminal that they are quiet and not speaking, writing, or fighting for the real victims. Real victims don’t give business to them. Woe to those so-called activists who are doing another business under the veil of activists.

I am aware after reading my post, some will express their statement that I have used a Victim Card!! But when a false accusation will come on you and you face the prosecution, you will realise what it means for you. I am a person who believes in god since childhood. The god won’t let you go easy whoever is engaged in this campaign of false accusations. You will suffer the consequences of your own miscarriage in the fiery ordeal of your karma, if not by law. Why I am saying this is because I am innocent and just innocent in this case . I know very well who has plotted, design, executed, supported and took as movement and how you have been participated in it. Much remains to be uncovered in the pace of time.

I loudly say again and again that the crime I am convicted has not happened but they were caused to make it after. I am sure that the real face will come out soon. I am innocent and I will be indebted to those who believe and sympathize with my innocence. Again, this is my open challenge to the so-called activists, if you can, prove that any relationship between me and Gaushala 26 was due to coercion or undue influence and I am found guilty, hang me, 8 years is not enough for me. I was trapped, no one else should be trapped by what I faced. Please. 🙏
Sandeep Lamichhane

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

सरकारी वकिलले भने पीडित बालिका रहेको दावीसहित सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी गरेको थियो ।

अर्को समाचार: