अमेरिकी क्रिकेट टिमसामु निरिह बन्यो बलियो बङ्गलादेशी टिम, लगातार बेहोर्यो दोस्रो हार

एजेन्सी : – तीन टि-२० आई खेलको शृंखलाको दोस्रो खेलमा पनि अमेरिकी क्रिकेट टिमले बङ्गलादेशलाई स्तब्ध पारेको छ।

प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहिबार टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। अमेरिकालाई १४४ रनमा समेट्न बङ्गलादेशी बलर शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान, रिशद होसेनले समान २-२ विकेट लिए। अमेरिकाका लागि कप्तान मोनाङ्क पटेलले ३८ पटेलमा ४२ रन जोडे र आरोन जोन्सले ३४ बलमा ३५ रन बनाएका छन्।

अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो।

बङ्गलादेशको लागि कप्तान नजमूल होसेन शान्टोले ३४ बलमा सर्वाधिक ३६ रन बनाए भने सकिब अल हसनले २३ बलमा ३० रन जोड्न सफल भए।

बङ्गलादेशी टिमलाई लक्ष्य भन्दा कम रनमै समेट्न फास्ट बलर अलि खानले ३ विकेट लिए। उनले ३.३ ओभरमा २५ रन खर्चिए।

यस्तै सौरभ नेत्रभाल्कर(Saurabh Netravalkar) र श्याडली भान शाल्कविक(Shadley van Schalkwyk)ले समान २ विकेट लिँदा जस्दिप सिंह(Jasdeep Singh) र कोरी एन्डरसन(Corey Anderson)ले समान १ विकेट लिए ।

शृंखलाको पहिलो खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो। पहिलो खेलमा टस जितेर बलिङ रोजेको अमेरिकाले बङ्गलादेशलाई १५३ रनमा समेटेको थियो। उक्त लक्ष्यलाई अमेरिकाले ३ बल बाँकी भेट्टाएको थियो।

अब टि-२० आई खेलको शृंखलाको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ।

बंगलादेश आउँदो टि-२० विश्वकपमा समूह ‘डि’ अन्तर्गत नेपाल सम्मिलित समूहमा छ ।

अर्को समाचार:

कुन टिमले गर्नेछ फाइनलमा प्रवेश ? हैदराबाद र राजस्थानबीचको महाभीडन्तमा कसले मार्ला बाजी ?