बैशाख २६ गतेको राशिफल : मातातीर्थ औँसीको दिन तपाईको शुभ – अशुभ कस्तो रहला ?

बैशाख २६ गतेको पञ्चाङ्ग तथा राशिफल  : –

दिन : बुधवार
तिथि : औंसी ०९:०६ बजेसम्म, त्यसपछी प्रतिपदा
नक्षत्र : भरणी १४:१२ बजेसम्म, त्यसपछी कृत्तिका
योग : सौभाग्य १८:३९ बजेसम्म, त्यसपछी शोभन
करण : नाग ०९:०६ बजेसम्म, त्यसपछी किंस्तुघ्न २०:१२बजेसम्म, त्यसपछी वव
कार्यक्रमहरू : माता सम्मान दिवस, कानून दिवस, रेडक्रस दिवस, चाँगुनारायणमा छिन्नमस्ता किलेश्वोर मूलरथ जात्रा

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| कर्यक्षेत्रमा स्त्री जातिसँग सावधान रहनुहोला| स्वास्थ्यमा समस्या आउन सक्छ| आमाको स्वास्थ्यमा पनि समस्या देखा पर्न सक्छ| सामाजिक मान-प्रतिष्ठामा आँच आउन सक्छ|

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको यस दिन फलदायी रहनेछ| मानसिक तथा मानसिक स्वास्थ राम्रो रहनेछ| आर्थिक लाभ प्राप्त हुनेछ| सामाजिक मान-सम्मान बढ्नेछ| दाजु-भाईबाट भरपूर सहयोग मिल्नेछ| मित्रजनसँग यात्राको योग बन्ने देखिन्छ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको लागि यस दिन शुभ रहनेछ| आर्थिक आयोजना निकै सफल रहनेछ| स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ| आयमा वृद्धि हुनेछ| व्यापार व्यवसाय क्षेत्रमा वातावरण निकै अनुकूल रहनेछ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको लागि यस दिन अनुकूल रहनेछ| साथी-भाईसँगको भेटले मन प्रशन्न रहनेछ| स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नुको साथै यात्राको योग बन्नेछ| धन लाभ हुने सम्भावना रहेको छ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ| आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| आयभन्दा खर्च बढि हुनाले आर्थिक पक्ष कामजोर हुनेछ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको यस दिन शुभ रहनेछ| कर्यक्षेत्रमा लाभ प्राप्त हुनेछ| वैवाहिक जीवनमा सुख-शान्ति छाउनेछ| मित्रजनको साथ रमणीय यात्राको योग बन्नेछ| स्त्री मित्रबाट विशेष लाभ मिल्नेछ| सन्तानबाट शुभ खबर मिल्नेछ|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको लागि यस दिन लाभदायक रहनेछ| आयमा वृद्धि हुनेछ, साथै पदोन्नतीको योग रहेको छ| स्वास्थ्य राम्रो रहनेछ| कर्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ| परिवारमा आनन्दमय तथा उत्साहजनक वातावरण रहनेछ|

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| शारीरिक तथा मानसिक स्फूर्तिको अभाव हुनेछ| कर्यक्षेत्रमा उच्च पधादिकारीसँग वाद-विवादको सम्भावना रहेको छ| सन्तान सम्बन्धि कुराले मन चिन्तित रहनेछ|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउन सक्छ| खर्चमा वृद्धि हुँदा आर्थिक पक्ष कमजोर रहनेछ|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन शुभ रहनेछ| शारीरिक तथा मानसिक स्फूर्तिको महशुस हुनेछ| सामाजिक मान-प्रतिष्ठा बढ्नेछ| व्यापार व्यवसायमा वृद्धि हुनेछ| विपरित लिंगी प्रतिको आकर्षण बढ्नेछ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको लागि यस दिन शुभ रहनेछ| पारिवारिक सुख-शान्तिको वातावरण बन्नेछ| शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ| विशेष काममा धन खर्च हुनेछ| शत्रु पराजय हुनेछन्|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईंको लागि यस दिन मिश्रीत रहनेछ| शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउन सक्छ| प्रेमीको साथको भेट रमणीय हुनेछ| शेयर-सट्टामा लाभ प्राप्त हुनेछ| विद्यार्थीको लागि दिन शुभ रहेको छ|

अर्को समाचार:

बैशाख २७ गतेको राशिफल : बिहीवार यी राशिको चम्किनेछ भाग्य, वृष र कन्या राशि रहनुस् सावधान