बैशाख २९ गतेको राशिफल : शनिबार शुभ – अशुभ कस्तो रहला तपाईको दिन ?

बैशाख २९ गतेको पञ्चाङ्ग तथा राशिफल : –
दिन : शनिबार
तिथि : चतुर्थी ०४:४२ बजेसम्म, त्यसपछी पञ्चमी
नक्षत्र : मृगशिरा १२:४८ बजेसम्म, त्यसपछी आर्द्रा
योग : सुकर्मा १२:४० बजेसम्म, त्यसपछी धृति
करण : वणिज १६:५२ बजेसम्म, त्यसपछी भद्रा ०४:४२बजेसम्म, त्यसपछी वव
कार्यक्रमहरू : ल.पु. मत्स्येन्द्रनाथ रथ जात्रा सुरु
वैशाख २९, २०८१, शनिवार
11 May, 2024
चतुर्थी, वैशाख शुक्लपक्ष
बछलाथ्व, ११४४ ने.सं.
सूर्योदय : – ५:१९
सूर्यास्त : – १८:४३

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। धार्मिक कार्यमा धन खर्च हुनेछ। खर्चमा वृद्धि हुनेछ। घर-जग्गा तथा वाहन कारोबार गर्दा हानि हुने सम्भावना रहेको छ। आमाको स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला। नयाँ कार्य सुरु नगर्नुहोला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यापार व्यवसायमा लाभ मिल्नेछ साथै व्यापार बिस्तार हुनेछ। आयमा वृद्धि हुनेछ। यात्राको योग बन्नेछ। स्त्री वर्गबाट विशेष लाभ मिल्ने सम्भावना रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। भाई-बहिनी तथा अग्रजबाट पनि लाभ मिल्ने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini

हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछन्। घर, अफिस तथा सामाजिक क्षेत्रमा अनुकूल वातावरण रहनाले मन प्रशन्न रहनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। गृहस्थजीवन आनन्दमय रहनेछ। सरकारी क्षेत्रमा भने केहि समस्याको सामना गनुपर्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक रूपले स्वास्थ्य राम्रो रहनेछ। भाग्यवृद्धिको योग रहेको छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। धार्मिक यात्राको योग बन्ने देखिन्छ। कार्यक्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ। परिवारमा सुख-शान्तिमय रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान दिनुहोला। खर्चमा वृद्धि हुनेछ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। परिवारका सदस्यका साथ मनमुटावको स्थिति सिर्जना हुनसक्छ। खान-पानमा विशेष ध्यान दिनुहोला। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। यात्राको योग बन्नेछ। स्त्री वर्गबाट विशेष लाभ मिल्ने सम्भावना छ। विपरित लिंगीको नयाँ मित्र बन्नेछन्। दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ। समाजमा मान-सम्मान मिल्नेछ। नयाँ वस्त्र प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। विद्यार्थी वर्गको लागि समय उतम रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छ। विपरित लिंगी प्रतिको आकर्षण बढ्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानसिक स्फूर्तिको महशुस हुनेछ। पारिवारिक कलह तथा झै-झगडाले मन चिन्तित रहनेछ। आमाको स्वास्थ्य पनि चिन्ताको विषय बन्नसक्छ। सामाजिक मान-सम्मानमा आँच आउनसक्छ। धनहानि हुनसक्छ। यस दिन पानी र स्त्री वर्गबाट हानि पुग्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। कर्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। विद्यार्थी वर्ग को लागि समय शुभ रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छ। मित्र तथा आफन्तसँग आनन्दमय समय बित्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। आफन्तसंग मनमुटाव हुनसक्छ। सोचे अनुसार कार्य सफलता नमिल्दा मन चिन्तित रहला। अनावश्यक खर्च तथा धनहानि हुने सम्भावना रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। परिवार तथा आफन्तसंग स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। यात्राको योग रहेको छ। धार्मिक कार्यमा खर्च हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

स्वास्थ्य राम्रो रहनेछ। नयाँ कार्य गर्नको लागि दिन उत्तम रहनेछ। धार्मिक तथा मांगलिक कार्यमा उपस्थत हुने अवसर मिल्नेछ। यात्राको योग बन्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारको साथ स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।

अर्को समाचार:

बैशाख ३० गतेको राशिफल : आइतबार पाथिभरा माताको कृपाले तपाईको दिन शुभ – अशुभ कस्तो रहला ?