‘मे’ महिनामा ४ ग्रहको महागोचर : चुट्कीमै बदलिनेछ भाग्य, ५ राशिले पाउनेछन् पद-पैसा

काठमाडौँ : – सन् २०२४ मे मा धेरै महत्वपूर्ण ग्रहहरुका गोचर हुँदैछन्। बृहस्पति, शुक्र, मङ्गल, बुध र सूर्यको राशि परिवर्तनले मानिसको भाग्यमा परिवर्तन ल्याउनेछ। मे महिनामा हुने यी ग्रह गोचर ५ राशिका लागि निकै शुभ रहनेछ।यी व्यक्तिहरूले करियर वृद्धि, पैसा, सम्मान र विवाहको अवसर प्राप्त गर्नेछन्।

मेष राशि : – 

मेष राशिका लागि मे महिना राम्रो रहनेछ। पदोन्नति हुन सक्छ। मालिकले प्रशंसा गर्न सक्छ। तलबमा वृद्धि हुन सक्छ। विदेशबाट लाभ हुने सम्भावना छ। व्यवसायीका लागि यो महिना राम्रो छ ।

कर्कट राशि : – 

कर्कट राशिका मानिसहरुका लागि सन् २०२४ मे धेरै अनुकूल साबित हुन् सक्छ। तपाईको प्रतिभा निखारिनेछ र तपाईले तारिफ पाउनुहुनेछ। करियरमा ठूलो सफलता हात पार्न सकिनेछ। विद्यार्थीहरूले सफलता हात पार्न सक्छन्।कामको खोजी समाप्त हुनेछ।

सिंह राशि : – 

सिंह राशिका व्यक्तिहरुका लागि मे महिना धेरै भाग्यशाली साबित हुन सक्छ। मनले चाहेको ठाउँमा सरुवा हुन् सक्छ। सरकारी जागिरको प्रयास सफल हुनसक्छ। कार्यालयको समस्याको अन्त्य हुनेछ।

तुला राशि : –

तुला राशिका व्यक्तिहरुको जागिर परिवर्तनको मनोकामना पुरा हुनेछ । उच्च पद तथा पारिश्रमिक वृद्धि भएकोमा खुसी हुनेछन्। व्यापारमा सफलता मिल्नेछ । आर्थिक स्थिति राम्रो हुनेछ। आर्थिक लाभ हुनेछ।

मीन राशि : – 

मीन राशि हुनेहरुका लागि मे महिना निकै फलदायी रहनेछ । तपाई आफ्नो करियरमा पुरस्कार, पदोन्नति वा कुनै ठूलो उपलब्धि हासिल गर्न सक्नुहुन्छ। तपाईको काम सफलतापुर्वक सम्पन्न हुनेछ । वरिष्ठहरूले तपाईको प्रशंसा गर्नेछन्। मिहिनेतले फल दिनेछ । आर्थिक लाभ हुनेछ। खर्च कम हुनेछ।

अर्को समाचार:

बैशाख १४ गतेको राशिफल : शुक्रबार ३ राशिलाई हुनेछ आकस्मिक लाभ, तपाईको दिन शुभ – अशुभ कस्तो रहला ?