बैशाख महिनाको राशिफल : यी ५ राशिलाई शुभ छैन, आँटेका काममा अनायासै नसोचेका समस्या आइपर्नेछन्

२०८१ साल बैशाख महिनाको राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा पर्नेछ। नयाँ काम पाउने सम्भावना बलियो छ। घरायसी खर्चको मात्रा बढेर जाला। यात्रा एवं सवारी चलाउँदा विशेष सतर्कता अपनाउनुपर्ने समय छ। सन्तान एवं परिवारको तर्फबाट सुखसन्तोष अनुकूल रहने छ।

अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्नुका साथै महìवपूर्ण सफलता हात पर्ने छ। धार्मिक एवं सामाजिक काममा मन लाग्ने छ। यात्रा एवं मनोरञ्जनको क्षेत्रमा सञ्चित धनराशिको खर्च गराउने समय छ। महिनाको उत्तरार्धमा रमाइलो ठाउँको भ्रमण, धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन्।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

राशिको मङ्गलले गर्दा जिउज्यान दुख्न सक्नुका साथै सामान्य चोटपटकको सम्भावना छ। मनोबल उच्च रहनाले कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जानेछ। आर्थिक पक्षका कामबाट सन्तोषजनक प्रगति गराउला। प्रतिस्पर्धमा महìवपूर्ण सफलता प्राप्त हुने छ।

दाम्पत्य सम्बन्धमा घरायसी विषयलाई लिएर सामान्य असमझदारी आइपर्ने योग छ। महिनाको उत्तरार्धमा मनोरञ्जनका अवसर मिल्नुका साथै रमाइलो भेटघाट एवं भ्रमणको योग छ। धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने छ। साथीभाइ एवं आफन्तबाट उचित सरसहयोग मिल्ने देखिन्छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

पराक्रम एवं आत्मबल बढेर जानाले प्रतिस्पर्धमा सफलता मिल्नेछ। काममा आइपरेका बाधाअड्चन क्रमशः हटेर जानेछन् । मीठो खानपान एवं साथीहरूसँगको घुमफिर गर्ने अवसर मिल्ने छ। वादविवादमा जित तपाईंकै हुनेछ।

आर्थिक क्षेत्रका काममा राम्रो सफलता मिल्ने छ। पारिवारिक सुखसन्तोष अनुकूल रहला। इष्टमित्र एवं आफन्तजनको सहयोगले मन रमाउने छ। महिनाको उत्तरार्धमा पठनपाठनमा अभिरुचि बढेर जानुका साथै मानसिक प्रसन्नता एवं शारीरीक आरोग्यता मिल्ने छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सामान्य शारीरीक अस्वस्थताका साथै मानसिक दुविधा बढेर जानेछन्। अनावश्यक काममा दौडधूप गर्नुपर्नाले बेफुर्सदी जस्तो गराउला। आत्मबल बढेर जानाले प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने समय छ।

आर्थिक पक्षका कामबाट सन्तोषजनक सफलता मिल्नेछ। अध्ययन अध्यापनमा आइपरेका बाधा अड्चन क्रमशः हटेर जाने छन्। महिनाको उत्तरार्धमा आकस्मिक यात्रा, आर्थिक लाभ एवं मनोरञ्जनका अवसर मिल्ने छन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

पेटसम्बन्धी अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विशेष विचार पु¥याउनुपर्ने छ। मानसिक दुविधा केही बढेर जाने छन्। गरेको काममा कमी कमजोरी आउनुका साथै अपजस आइपर्ने देखिएकाले जोगिएर काम गर्नुपर्ने देखिन्छ।

नयाँ लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा राम्रो होला। दाम्पत्य सम्बन्धमा सामान्य विषयलाई लिएर मनमुटाव गराउने छ। पठनपाठन तथा बौद्धिक क्रियाकलापमा खासै अभिरुचि आउने देखिन्न। महिनाको पूर्वार्धमा अनावश्यक विघ्नबाधा, खर्च वृद्धि हुने योग छ भने उत्तरार्धमा पारिवारिक सुख, धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शारीरीक आरोग्यता अनुकूल रहने छ। दाम्पत्य सम्बन्धमा असमझदारी बढेर जाला। व्यर्थको काममा दौडधूप गर्नुपर्ने छ। अनावश्यक वादविवादमा समेत पार्ने योग रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला।

आर्थिक पक्षका कामबाट भने सन्तोषजनक लाभ गराउने छ। अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन्। महिनाको उत्तरार्धमा स्वास्थ्यलाभ, धनागमका साथै मनोरञ्जनका अवसरमिल्ने छन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शारीरीक आरोग्यता अनुकूल रहने छ। अनावश्यक दौडधूप एवं कार्यव्यस्तता बढेर जाला। दाम्पत्य सम्बन्धमा मिठासको आभास गराउने देखिन्छ। अध्ययन अध्यापनका साथै धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने छ।

महिनाको पूर्वार्धमा गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन आइपर्ने देखिए तापनि उत्तरार्ध क्रमशः सफलता, मानसिक प्रसन्नता, शारीरीक आरोग्यता एवं आर्थिक पक्षका कामबाट उचित लाभ गराउने योग छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कार्यव्यस्तता बढेर जानाले शारीरीक ताप केही बढी नै पर्न जाने देखिन्छ। सामान्य ज्वरो सम्बन्धी अस्वस्थताको सम्भावना छ। पारिवारिक विषयले मन केही उद्विग्न गराउने देखिन्छ। दाम्पत्य सम्बन्धमा सामान्य असमझदारी बढेर जाला।

आँटेका काममा आएका बाधाअड्चन महिनाको उत्तरार्धमा क्रमशः हटेर जाने छन् । रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने छन्। आर्थिक पक्षका कामका साथै अध्ययन अध्यापनमा सन्तोषजनक प्रगति गराउने योग छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

काममा आइपरेका बाधाअड्चन क्रमशः हटेर जाने छन् । आर्थिक पक्षका काममा सुधार कोस्थिति देखा पर्नेछ। आफन्त एवं पारिवारिक सम्बन्धमा समेत क्रमशः सुधार हुँदै जाने योग छ। नयाँ कारोबार तथा ठूलो लगानी भने नगर्दा नै फाइदा होला ।

धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने छ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन्। महिनाको उत्तरार्धमा इष्टमित्र एवं कुटुम्बसँगको भेटघाटले मन रमाउने छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

शारीरीक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जाने छ। उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ। पारिवारिक सुखसन्तोष अनुकूल रहने छ। आर्थिक पक्षका कामबाट मनग्गे लाभ हुने छ।

पठनपाठनका साथैबौद्धिक कार्यमा अभिरुचि बढेर जाने छ। किनमेल एवं विलासिताको क्षेत्रमा सञ्चित धनराशिको खर्च गराउने देखिन्छ। महिनाको उत्तरार्धमा धनागम, एवं आकस्मिक यात्राको सम्भावना छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

घरायसी खर्चको मात्रा बढेर जाला। शारीरीक आरोग्यता अनुकूल रहने छ। पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने देखिन्छ। बोलीका कारणले अनावश्यक विवादमा पार्ने योग रहेकाले बोल्दा विचार पु¥याउनुहोला ।

आकस्मिक यात्रा एवं स्थान परिवर्तनको समेत सम्भावना छ। आर्थिक लेनदेन एवं ठूला लगानी नगर्दा नै फाइदा हुने छ। महिनाको उत्तरार्धमा काममा क्रमशः प्रगति र सफलता मिल्नुका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

अनावश्यक दौडधूप एवं कार्यव्यस्तता बढेर जानेछ । सामान्य पेटसम्बन्धी अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनुपर्ला। आर्थिक पक्षका कामबाट राम्रो लाभ गराउने छ। आफन्त एवं इष्टमित्रको साथ सहयोग राम्रो पाइएला।

पठनपाठनमा भने अनावश्यक बाधा अड्चन आइपर्ने देखिएकाले सोचे अनुसार कोसफलताका लागि धेरै लगनशीलताको आवश्यकता देखिन्छ। महिनाको उत्तरार्धमा घरायसी खर्चको मात्रा बढेर जानुका साथै आकस्मिक यात्राको सम्भावना छ। (युवामञ्च/गोरखापत्र)

अर्को समाचार:

बैशाख ११ गतेको राशिफल : मङ्गलबार ४ राशिलाई प्रचुर लाभको योग छ, २ राशि पर्नेछन् झमेलामा