वेस्ट इन्डिज ‘ए’ विरुद्दको खेलको यस्तो छ टिकट मूल्य, छक्का र चौकाको वर्षात् हुने अपेक्षा

काठमाडौँ : बैशाख १५ गते शनिबारदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच ५ टी–२० सिरिज सुरु हुँदैछ। र क्यानले खेल हेर्न टियु क्रिकेट स्टेडियममा आउने दर्शकलाई लागि टिकेटको व्यवस्था पनि गरेको छ। क्यानले शनिबारको खेलको लागि टिकटको मूल्य २०० राखेको छ। खेल दिउँसो १२:१५ मा सुरु हुनेछ।

वेस्ट इन्डिज ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको थियो। वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध चर्चित खेलाडी खेलाउने भएको छ । वेस्ट इन्डिजले नेपालसँग खेल्न घोषणा गरेको खेलाडी टोलीको कप्तानमा ३२ वर्षीय रोस्टन चेश छन्। चेशले वेस्ट इन्डिजका लागि ४९ टेस्ट, ४५ एक दिवसीय र ११ वटा टी–२० खेलिसकेका छन्।

दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसँग नेपालले आसन्न आइसिसी टी–२० विश्वकप तयारीका लागि पाँच खेलको सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजको दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेलिनेछ ।

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीमा कप्तान चेशसहित एलिक एथानाजे (उपकप्तान), जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, मार्क दयाल, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स रहेका छन्।

नेपाली टोली :

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द

अर्को समाचार: