सलोन बस्नेत लामो समय देखिको प्रेमलाई विवाह परिणत गर्दै, भन्छन्- बुबालाई चाडै नै हजुरबुबा बनाउँदिनँ….

नेपाली चलचित्र क्षेत्रमा बाल कलाकार देखि अहिलेसम्म आउँदा सहायक अभिनेताको रुपमा काम गरिसकेका सबैले रुचाएका कलाकार सलोन बस्नेत चाँडै नै विवाह बन्धनमा बाँधिँदै छन् । सलोन उनको लामो समय देखिको सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । खबर अनुसार सलोन आगामी मंसिर १२ गते विवाह गर्दै छन् ।

सलोन लामो समय देखि उनीसँग नाम जोडिएर चर्चामा रहेकी युवती करिश्मा ढकालसँग विवाह गर्न लागेकी हुन् । सलोनका बाबुले एक फिल्मको पत्रकार सम्मेलन कार्यक्रममा सलोनको विवाहपछि आफ्नो दर्शक-फ्यानमा कमी हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए । साथै  आफ्नो छोराको विवाह भव्य हुने बताएका छन् ।

शोभितको यस्तो गुनासोपछि त्यस समयमा सँगै भएका छिरा सलोनले ठट्टा गर्दै भने ‘मैले बिहे गरे पनि बुबालाई चाडै नै हजुरबुबा बनाउँदिनँ ।’ सलोनको  यस्तो जवाफले त्यस सबैको हाँसो छुटेको थियो । साथै सलोन विवाह हुँदैमा फ्यान नघट्ने विश्वास रहेको बताए । यसको साथै सलोनले अभिनय क्षेत्रको व्यावसायिक जीवन र व्यक्तिगत जीवन फरक हुने समेत बताएका छन् ।

 

अर्को समाचार:

अमिताभ बच्चनका सुपरफ्लप फिल्महरु, जुन फिल्म उनी आफैँ पनि हेर्न चाहँदैनन्