साप्ताहिक राशिफल : मध्यम खालको छ यो साता, यी राशिको जीवनमा कठिनाई आउनेछ

• ज्योतिषाचार्य दामोदरनाथ आचार्य

साताको राशिफल : बैशाख २३ गतेदेखि बैशाख २९ गतेसम्म

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

निकै सुध्रिएको साता छ । अलि–अलि मनमा भय भए पनि त्यसले खास बिगार गर्ने छैन । काम गर्ने हौसला बढ्दै जाला । विशेषगरेर महिला मित्रबाट राम्रो सहयोग प्राप्त होला । शिक्षाको क्षेत्रमा भने खोजेकोजति प्रगति हुने छैन । व्यापार व्यवसायमा पहिलेको भन्दा सुधार होला ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

शनिबारको दिन त्यति राम्रो देखिन्न । गरेको काममा असफलताको साथै मनमा तर्क–वितर्क चलिरहला । आइतबार र सोमबारमा पनि शङ्का र भय नै होला । मङ्गलबारदेखि मात्र सुधारको रेखा दृष्टिगोचर हुन्छ । पढाइ र लेखाइमा प्रगति नै होला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

सामान्य खालको साता छ । साताको सुरुमा जुन रफ्तारले काम बन्ला मध्य भागमा त्यस्तो हुने छैन । खर्चको मात्रा निरन्तर बढी नै रहला । मित्रहरूको सहयोग भने राम्रैसँग पाउनुहुनेछ । हातले समातेको व्यवसायले मध्यमखालको लाभमात्र देला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

पूर्वार्द्ध राम्रोखालको छ । वादविवाद परे पनि त्यसमा तपाईंकै विजय हुनेछ । मङ्गलबारदेखि भने केही जटिल समस्या खडा हुन सक्छन् । जसलाई समाधान गर्दागर्दै तपाईं थाक्नुहुनेछ । गणेशको आराधना हाललाई अपरिहार्य छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

सानो काम सफल बनाउन पनि परिश्रम बढी नै गर्नुपर्ला तर पराजय भने हाल देखिन्न । मित्रहरूको सहयोग पाएर निकै कठिन काम पनि सफल पार्न सक्नुहुनेछ । आर्थिक स्थिति राम्रैखालको रहला । त्यस्तै केही नयाँ काम पनि तपाईंको हातमा आउन सक्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

यो साताको पूर्वाद्र्धमा स्वास्थ्यसम्बन्धी समस्या खडा होला । त्यसैले आँटेकोजति काम पूरा गर्न सक्नुहुने छैन । मङ्गलबारदेखिका दिनहरू भने राम्राखालका छन् । व्यापारसम्बन्धी काममा आएको अवरोधलाई हटाउन नारायणको दर्शन गर्नुहोस् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

अझैँ पनि कठिनाइबाट मुक्ति पाइने छैन । केही नयाँ समस्या खडा भएर मनमा खिन्नता आउला । मित्रहरूको सहयोग नलिईकन एक्लैले काम सफल पार्न सक्नुहुने छैन । शिक्षाको क्षेत्रमा भने राम्रै प्रगति हुन जाला । विवाहसम्बन्धी कुरामा ठोस निर्णय लिनुपर्ने बेला छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

शनिबारको दिनमा सोचेकोभन्दा बढी खर्च हुनेछ । आइतबारदेखिका दिनहरू त्यति नराम्रा छैनन् । मित्रबाट पाइने सहयोग मध्यमखालको मात्रै रहनेछ । विवाहसम्बन्धी कुरामा प्रगति नै होला । यात्राको सम्भावना भने हाल न्यून छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

समय त्यति नराम्रो छैन । सुरुकै दिनमा मित्रसँग भेट हुनुको साथै स्वादिष्ट भोजन गर्ने अवसर पाउनुहुनेछ । आफ्नो र परिवारको स्वास्थ्यबारेमा भने सतर्क हुनुहोस् । स्वास्थ्यकै कारण खर्च बढ्न पनि सक्छ । त्यसलाई निराकरण गर्न भगवतीको आराधना गरिरहनुहोस्।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

खर्च घट्ने बेला छैन । सुरुकै दिनमा प्रशस्त खर्च हुन जाला । मित्रको सम्मान खातिर भोजभतेर गर्नुपर्ने बाध्यता पर्ला तैपनि भित्रैदेखि मद्दत गर्ने मित्रहरू भने कम छन् । स्वास्थ्यस्थिति हाल मध्यमखालको छ । जागिरबाट पूरा सन्तोष हुने छैन ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

सुरुको दिनमा गतिलै आम्दानी हुनेछ तर आइतबार र सोमबार भने बढी खर्च गराउनेखालका छन् । मानप्रतिष्ठा बढ्नका लागि अझैँ पर्खनुपर्नेछ । निर्णय लिने शक्तिमा ह्रास हुनाले मनमा दुविधा बढिरहला । बङ्गलामुखीको सम्झना गरिरहनुहोस् ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

साता त्यति नराम्रो होइन । पहिले बाँकी रहेका धेरै काम बन्नेतिर छन् । मित्र सहयोग पाइनै रहनुहुनेछ । व्यापारतिर भने सिथिलता आएको छ । विवाहको विषयमा प्रगति होला । पढाइमा कम उत्कर्षमात्र छ । स्वास्थ्य भने मध्यमखालको रहला ।

अर्को समाचार:

बैशाख २४ गतेको राशिफल : सोमबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?