अमिताभ बच्चनका सुपरफ्लप फिल्महरु, जुन फिल्म उनी आफैँ पनि हेर्न चाहँदैनन्

एजेन्सी : भारतीय अभिनेता अमिताभ बच्चन उमेरले ८० वर्षका भईसकेका छन्, तर उनको पाइला अझैँ रोकिएका छैनन्। उनी अविरल आफ्नो करियर र जिन्दगीमा अगाडी बढिरहेका छन्।

शताब्दीका महानायक अमिताभ बच्चनले बलिउडमा मात्रै नभई विश्वभरका मानिसहरुका दिलदिमागमा राज गरेका छन्। उनलाई हिट मेशिन मानिन्छ। उनले फिल्ममा बोलेका संवाद सबैले दोहोर्याउँछन्। अधिकांसले उनका थुप्रै फिल्महरु हेरेका छन्। उनले फिल्ममा बोलेका डायलग मानिसहरुका मुखमै झुन्डिने गरेको छ। तर सुपरहिट फिल्म दिने बिग बीले आफ्नो करियरमा धेरै फ्लप पनि दिएका छन्। जुन फिल्मलाई अहिले उनी आफैँ पनि हेर्न चाहँदैनन्।

१. चेहरे : – यो सन् २०२१ मा आएको सस्पेन्स थ्रिलर फिल्म केही साथीहरूको न्यायप्रतिको पागलपनको कथा थियो। यूनिक स्टोरीलाइन भएर पनि यो फिल्मले दर्शकको मन जित्न सकेन् र फ्लप साबित भयो। यस फिल्ममा उनीसँगै इमरान हाशमी पनि महत्वपूर्ण भूमिकामा थिए।

२. शमिताभ : – यो सन् २०१५ मा रिलिज भएक फ्यान्ट्यासी ड्रामा फिल्म हो। फिल्मले न दर्शकमा छाप छोड्न सक्यो न बक्स अफिसमै। यो फिल्ममा साउथ सुपरस्टार धनुष पनि थिए। फिल्मको कथा दुई असफल तर प्रतिभाशाली व्यक्तिको हो जसलाई एकसाथ ल्याइन्छ र यहीँबाट ट्विस्ट सुरु हुन्छ।

३. ठग्स अफ हिन्दोस्तान : – सन् २०१८ मा आएको यो फिल्मको कहानीले इतिहास बताउँछ। यस फिल्ममा अमिताभसँगै आमिर खान पनि थिए।

४. बूम : – सन् २००३ मा रिलिज भएको यो फिल्मको स्टोरीलाइन अन्डरवर्ल्ड र्‍याकेटसँग सम्बन्धित सुपर मोडलहरूको थियो। यो फिल्म बक्स अफिसमा नराम्ररी फ्लप साबित भएको थियो। कट्रिनाले यहीँ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिईन्।

५. अजूबा : – सन् १९९० मा रिलिज भएको यस फिल्ममा अमिताभ बच्चन सुपरहिरोको भूमिकामा देखिएका थिए। आजको जमानामा यो फिल्म हेरेर मानिसहरु हाँस्न थाल्छन्।

६. राम गोपाल वर्माको आग : – यो फिल्म भारतीय सिनेमाको क्लासिक फिल्म शोलेको रिमेक थियो। यस फिल्ममा अमिताभ गब्बर अर्थात् बब्बनको भूमिकामा देखिएका थिए।

७. निशब्द : – यो फिल्म पनि सन् २००७ मा रिलिज भएको थियो। यो वर्ष अमिताभका लागि केही खास भएन्। यो फिल्मको कथा १८ वर्षकी युवतीले ६० वर्षका पुरुषसँग गरेको प्रेममा आधारित छ। यो फिल्म फ्लप मात्र होइन, धेरै विवादको सामना पनि गर्नुपरेको थियो।

८. एकलव्य : – एकलव्य अर्थात् अमिताभ त्यो युगको कटप्पा बनेका थिए। तर जगजाहेर नै छ उनको फिल्मलाई मानिसहरुले मन पराएनन्। सन् २००७ मा आएको यो फिल्म एक शाही परिवार र विश्वासी गार्डको कहानीमा आधारित थियो, जुन बक्स अफिसमा फ्लप साबित भयो।

९. क्यूँ ! हो गया ना : – प्रेममा फरक-फरक अवधारण राख्ने मानिसहरु प्रेममा परे भने के हुन्छ ? यहीँ कुरा यो फिल्ममा देखाईएको थियो। जसले दर्शकको मन छुन सकेन्। सन् २००४ मा रिलिज भएको यो फिल्ममा ऐश्वर्या राय पनि थिइन्।

१०. लाल बादशाह : – सन् १९९९ मा आएको यो फिल्मको कहानी लाल सिंहको हो, जो आफ्नो आमाबुबाबाट अलग हुन्छ। अहिले ऊ गरिबहरुको उद्दारकर्ता बन्छ, अन्डरवर्ल्ड विरुद्ध लड्छ। एकदिन उसले थाहा पाउँछ कि ऊ राजकुमार जस्तै देखिन्छ। यो फिल्ममा दलेर मेहन्दीले गाएको गीत ‘ ना ना ना रे ना रे..’ निकै हिट भएको थियो। तर फिल्म भने फ्लप भयो।

११. सूर्यवंशम : – यो फिल्म हेर्न पैसा खर्चै गर्नुपर्दैन किनकी यो फिल्ममा टिभीमा सजिलै हेर्न सकिन्छ। सन् १९९९ मा आएको यो फिल्म थिएटर भने धेरै दिन टिकेन तर टिभीमा भने दैनिकजसो आउने गर्छ।

१२. अग्निपथ : – सन् १९९० मा आएको यो फिल्मलाई एक आइकनिक पिस मानिन्छ। तर तपाईलाई यो सुन्दा अचम्म लाग्न सक्छ कि यो फिल्म त्यतिबेलाको सबैभन्दा फ्लप फिल्म थियो।

१३. बुड्ढा होगा तेरा बाप : – यस फिल्ममा अमिताभ बच्चनले एंग्री योङ म्यानकू अनुभूति दिने पूरा प्रयास गरेका थिए। फिल्ममा उनलाई अपराधी तर गरिबको उद्दारकर्ता बताईएको थियो। उनको अपोजिटमा हेमा मालिनीलाई कास्ट गरिएको थियो। फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो। सन् २०११ मा आएको यो फिल्ममा सोनू सूद पनि थिए।

१४. सरकार ३ : – सरकार फ्रेन्चाइजको यो फिल्म 2017 मा आएको थियो। सिद्धान्तसहितको अन्डरवर्ल्ड डनको कथाको पहिलो दुई भाग दर्शकले हेरे। तर दर्शकहरुले यसको तेस्रो भागलाई खासै मन पराएनन्। यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो। यस फिल्ममा अभिषेक बच्चन पनि थिए।

अर्को समाचार:

ग्लामरस डल जस्ती देखिन्छिन् अनु मलिककी छोरी, गर्छिन् यस्तो काम