आमा बनेसँगै बलिउडलाई अलविदा भन्नेछिन् आलियाले ? फिल्म र बच्चामध्ये कसलाई रोज्छिन् त ?

एजेन्सी : गर्भावस्थाको समय कुनै पनि महिलाको लागि सबैभन्दा अविस्मरणीय क्षण हो। उनीहरु यो पललाई आफ्नो यादमा सधैँभरी सजाएर राख्न रुचाउँछन्। त्यसपछि जब उनको कोखबाट बच्चा जन्मन्छ, तब उनको खुशीले आकाश छुन्छ। उनीहरु आफ्नो बच्चालाई संसारमा सबैभन्दा बढी माया गर्छन्। आफ्नो बच्चाको लागि जे पनि गर्न तयार हुन्छन्। बलिउड अभिनेत्री आलिया भट्ट छिट्टै आमा बन्दैछिन्। यसैबीच उनले आफ्नो बच्चाको लागि एक यस्तो निर्णय लिएकी छिन्, जुन सुनेर फ्यानहरु छक्क परेका छन्।

आलिया भट्टको बलिउड करियर निकै राम्रो छ। उनले सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ बाट फिल्ममा डेब्यु गरेकी थिईन्। त्यसपछि उनी धेरै फिल्महरुमा देखिइन्। हरेक फिल्मसँगै उनले आफ्नो अभिनयमा सुधार गर्दै आएकी छिन्। उनले बलिउड इन्डस्ट्रीमा कदम राखेको लगभग १० वर्ष भईसकेको छ। अहिले पनि फिल्ममा उनको दबदबा कायमै छ। गत सेप्टेम्बर ९ तारिखमा रिलिज भएको उनको फिल्म ‘ब्रह्मास्त्र’ ले पनि बक्स अफिसमा राम्रो कमाई गरेको थियो। अहिले आलियाले आफ्नो राम्रो चलिरहेको फिल्मी करियरमा लामो ब्रेक लिन सक्ने खबर आइरहेको छ।

भारतीय सञ्चारमाध्यमका हालसालैका खबरहरुअनुसार गर्भवती आलिया भट्टले बच्चा जन्माएपछि फिल्मबाट लामो ब्रेक लिन सक्छिन्। अहिले उनी निकै सुरक्षित स्थानमा छिन्। उनलाई काममा फर्किन् कुनै हतार छैन्। उनी अहिले आफ्नो बच्चासँग धेरै समय बिताउने सोचमा छिन्। उनी आफ्नो बच्चाको राम्रोसँग ख्याल गर्न चाहन्छिन्। उनी अहिले आफ्नो व्यवसायिक जीवनमा भन्दा व्यक्तिगत जीवनमा बढी ध्यान दिन चाहन्छिन्।

भारतीय मिडिया रिपोर्ट्स अनुसार आलियाले कम्तिमा एक वर्ष कामबाट ब्रेक लिनेछिन्। तर उनको यो ब्रेक निकै जोखिमपूर्ण पनि हुन सक्छ। बलिउडमा अभिनेत्रीहरुको विवाह र बच्चा जन्मेपछि करियर डामाडोल भएको थुप्रै उदाहरणहरु छन्। यद्यपि कतिपयले विवाहपछि पनि आफ्नो पुरानो चमकधमकलाई कायम राख्न सकेका छन्। अनुष्का शर्मादेखि ऐश्वर्या राय लगायतका धेरै अभिनेत्रीले बच्चा जन्माएपछि कामबाट लामो ब्रेक लिएका थिए र पछि फेरी कमब्याक गरे।

अब यो लामो ब्रेकपछि आलिया भट्टले फेरि दर्शकको मनमा राज गर्न सक्छिन् कि भनेर हेर्न बाँकी छ। आलियाले फिल्ममा काम गर्न नसक्ने बताइए पनि उनले ब्राण्डको विज्ञापन भने गरिरहनेछिन्। यद्यपि हालको लागि भने उनी कुनै पनि काम लिन चाहँदिनन्।

ब्रह्मास्त्रपछि आलिया करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिनेछिन्। यसमा उनी रणवीर सिंहको अपोजिटमा देखिनेछिन्। उनले यो फिल्मको छायांकन करिब करिब सकिसकेकी छिन्।

अर्को समाचार:

सलोन बस्नेत लामो समय देखिको प्रेमलाई विवाह परिणत गर्दै, भन्छन्- बुबालाई चाडै नै हजुरबुबा बनाउँदिनँ….