रानीले खोलिन् साजिदको पोल, भन्छिन्-“उनले मेरो स्त:-_नको आकार सोधे, गलत तरिकाले छुने खोजे”

एजेन्सी : बलिउड फिल्म निर्माता तथा निर्देशक साजिद खान बिग बोस १६ को हिस्सा बनेसँगै उनक आगमनलाई लिएर हङ्गामा मच्चिरहेको छ। ह्यासट्याग मिटूको आरोपित साजिद खानलाई बिग बोसमा देखेर अभिनेत्रीहरुले शोका निर्माता र सलमान खानमाथि आक्रोश पोखिरहेका छन्। अभिनेत्रीहरुले ह्यासट्याग मिटूका आरोपी साजिद खानले कुनै पनि प्लेटफर्म पाउन नहुने माग गरेका छन्।

ह्यासट्याग मिटू अभियान लहर चलिरहँदा थुप्रै अभिनेत्रीहरुले साजिद खानमाथि यौ*:_न उत्पीडनको आरोप लगाएका थिए। बिग बोस शोमा भाग लिएकै कारण पछिल्लो समय साजिद खान चर्चामा छन्। साजिद खानको बिग बोसमा आगमनलाई लिएर अभिनेत्रीहरुले फरक-फरक प्रतिक्रिया दिईरहेका छन्।

कन्ट्रोभर्सी क्वीन भनेर चिनिने राखी सावन्तले भने साजिदलाई गल्ती सुधार्न दोस्रो मौका दिने कुरा गरेकी छिन् भने देवोलिना भट्टाचार्जी, मन्दना करीमी, उर्फी जावेदजस्ता अभिनेत्रीहरुले भने साजिदको उपस्थितिलाई लिएर आपत्ति जनाएका छन्। यो सूचीमा भोजपुरी अभिनेत्री रानी चटर्जीको नाम पनि थपिएको छ। भारतीय सञ्चारमाध्यमसँगको विशेष कुराकानीमा रानीले बिग बोसमा साजिद खानको उपस्थितिको भर्त्सना गरेकी छिन्। यति मात्र होइन, रानीले साजिद खानले आफूलाई पनि उत्पीडन गरेको खुलासा गरेकी छिन्।

रानी भन्छिन् – ‘यसपटक बिग बोस देखेर मलाई निकै रिस उठेको छ। खासगरी साजिद खानलाई देखेर मेरो मन टुटेको छ। मिटु अभियानको क्रममा उसको वास्तविक चरित्र छर्लङ्ग भएको थियो। जतिबेला हामी जस्तालाई ‘कोही त छ’ भन्ने ढाडस मिलेको थियो। युवतीहरुले आवाज उठाएको देखेर म धेरै खुशी भएकी थिए। उनलाई बिग बोसमा देख्दा मेरो रगत उम्लिन्छ। यो बुझ्न सकिरहेको छैन कि आखिर किन बिग बोस उनको छवि सुधार्न चाहन्छ।’

आफूमाथि भएको दुर्व्यवहारको बारेमा कुरा गर्दै रानीले भनिन्, ‘हिम्मतवाला फिल्मको क्रममा मैले साजिदको टोलीलाई सम्पर्क गरेकी थिए। साजिदले मलाई फोन गरेर सिधै सम्पर्क गर्न चाहेको बताए। फोनमा कुराकानीकै क्रममा उनले मलाइ घरमा भेट्न बोलाए। साथै फर्मल मिटिङ भएकोले कुनै म्यानेजर या पिआर नलिई एक्लै आउन सुझाव दिए।’

रानीले थप भनिन् – ‘बलिउडको यति ठूलो निर्देशकले भनेको कुरालाई मैले नाइँनास्ति गर्न सकिन्। म जुहूस्ठित उनको घरमा पुग्दा उनी घरमा एक्लै थिए। साजिदले सुरुमा मलाई धोखा-धोखा आइटम सङमा कास्ट गर्नेबारे सोचेको बताए। यसमा मैले छोटो-छोटो लेहँगा लगाउनु पर्छ भने। त्यसपछि उनले मलाई मेरो गोडा देखाउन भने। मैले लङ स्कर्ट लगाएकी थिए, त्यसैले उनले मलाई खुट्टा देखाउन भने। शायद यस्तै हुन्छ होला भनी सोचेर मैले घुँडासम्म खुट्टा देखाए।’

रानीले अझ थप्दै भनिन् – ‘मलाई डर लाग्न थालिसकेको थियो। त्यसपछि उनले मलाई आफ्नो स्त:-_नको आकार बताउन भने। मसँग नलजाउ, तिम्रो ब्वायफ्रेन्ड छ कि छैन, से:_-_क्स कति पटक गर्छौँ… आदि-इत्यादि सोध्न थाले। मलाई असहज लागिसकेको थियो। म डरले थरथर काँप्न थालिसकेकी थिए। म हत्तपत डराएर बाहिर निस्किहाले। यहाँसम्म कि उनले मलाई गलत तरिकाले छुने प्रयास पनि गरेका थिए।’

रानीले उक्त घटनाको वृतान्त अगाडी बढाउँदै भनिन् – ‘मेरो कन्ट्राक्टरले मलाई गीतको बारेमा सोध्दा मैले साजिद खानसँगको भेटको वास्तविकता सुनाएँ। उनले मलाई फोन किन नगरेको भनेर झपार्न थाले। आफू भोजपुरी अभिनेत्री भएको कारण कसैले पनि आफ्नो कुरा गम्भीरतापूर्वक नलिने र उल्टै गलत साबित हुने विवशता सुनाए। मलाई बलिउडमा मेरो छवि खराब हुने र काम नपाउने डर पनि थियो। त्यसैले म चुपचाप बसेकी थिए।’

अर्को समाचार:

वैशाली टक्कर केस : पूर्वप्रेमीले गर्थे उत्पीडन, बरामद नोटमा लेखिएको थियो यस्तो