वैशाली टक्कर केस : पूर्वप्रेमीले गर्थे उत्पीडन, बरामद नोटमा लेखिएको थियो यस्तो

एजेन्सी : ‘ये रिश्ता क्या कहलाता है’, ‘ससुराल सिमर’ का लगायतका चर्चित भारतीय टेलिश्रृङ्खलामा काम गरेर लोकप्रियता हासिल गरेकी भारतीय अभिनेत्री वैशाली टक्करले आइतबार सु:_सा*इड गरेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले के कारणले सु:_सा*इड गरिन् त्यसबारेमा अनुसन्धान भईरहेको छ। तर यसैबीच भारतको मध्य प्रदेश प्रहरीले अभिनेत्रीको आत्म;_ह*-त्याको बारेमा ठूलो दाबी गरेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अभिनेत्री वैशाली टक्करलाई उनको पूर्वप्रेमीले उत्पीडन गर्ने गर्थे। प्रहरी रिपोर्ट अनुसार अभिनेत्रीले गएराति झुण्डिएर आत्म;_ह*-त्या गरेकी हुन्। प्रहरीले बरामद गरेको सु:_सा*इड नोटमा उनले आफू तनावमा रहेको उल्लेख गरेको बताईएको छ। वैशाली टक्करको असामयिक निधनले भारतीय मनोरञ्जन जगतमा शोक छाएको छ।

गत वर्षको अप्रिल महिनामा अभिनेत्रीले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफ्नो इन्गेजमेन्ट भएको जानकारी दिएकी थिइन्। उनले आफ्नो भावी पतिको नाम डा अभिनन्दन सिंह भएको बताएकी थिईन्। उनको इन्गेजमेन्टमा परिवारका केही नजिकका आफन्त मात्रै पुगेका थिए। अभिनन्दन केन्यामा डेन्टल सर्जन भएको बताइएको छ। यद्यपि एक महिनापछि वैशालीले सबैलाई आफू अभिनन्दनसँग नगर्ने सुनाईन्। दुवैले आफ्नो विवाह रद्द गरेका थिए। उनले सामाजीक सञ्जालबाट इन्गेजमेन्टको भिडियो पनि डिलिट गरेकी थिईन्।

उनले ससुराल सिमरको २ मा अञ्जली भारद्वाजको भूमिका निर्वाह गरेर नेगेटिभ रोलमा उत्कृष्ट अभिनेत्रीको गोल्डेन पेटल अवार्ड पनि पाएकी छिन्। वैशाली पछिल्लो पटक २०१९ को मनमोहिनी शोमा देखिएकी थिइन्।

अर्को समाचार:

सलमान खानलाई फिटिक्कै मन परेको थिएन् आफ्नै यो फिल्म, फ्लप होस् भनेर गरेका थिए प्रार्थना