गर्भवती अभिनेत्री आलियाले सार्वजनिक गरिन् बे:बी सावरको तस्बिर, चौतर्फी चर्चा हुँदै !

एजेन्सी- बलिउड क्षेत्रको चर्चित अभिनेत्री आलिया भट्ट अहिले उनको गर्भावस्थाको मजा लिइरहेकी छिन् । अहिले अभिनेत्रीले उनको गर्भावस्थाको केही तस्बिर सार्वजनिक गरेकी छिन् । सार्वजनिक तस्बिरमा आलियाको अनुहारमा गर्भावस्थाको चमक देखिएको छ । यो वर्ष आलिया भट्टका लागि व्यक्तिगत रूपमा मात्र नभई व्यावसायिक रूपमा पनि निकै राम्रो रह्यो । आलिया रणवीर कपुरसँग विवाह, त्यसपछि अहिले गर्भवती भएको खबरले चर्चामा छिन् ।

पछिल्लो समय आलिया भट्टले फ्यानलाई एकपछि अर्को खुसीको खबर दिएकी छिन् । ५ अक्टोबरमा आलिया भट्टले घरमै बेबी शावर गरेकी थिइन् । यसमा कपूर परिवारसँगै भट्ट परिवार पनि उपस्थित भएका थियो ।

यस बेबी शावरमा करण जौहर पनि सहभागी थिए । आलिया भट्टको बेबी शावरको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भए पनि अहिले अभिनेत्री आफैले रणवीर कपुर र परिवारसँग बिताएका केही विशेष पलहरु सेयर गरेकी छिन् ।

सार्वजनिक तस्बिरमा रणबीर कपुरले आलिया भट्टलाई चुम्बन गरिरहेको पनि देख्न सकिन्छ । केही तस्बिरमा पूरै भट्ट परिवार देखिन्छन् भने केही तस्बिरमा कपूर परिवार देखिएका छन् ।

यस अवधिमा आलिया भट्टको भाषण पनि निकै भाइरल भइरहेको छ, जहाँ उनले एक अवार्ड कार्यक्रमा उनको गर्भमा रहेको बच्चाले लात हानेको बताएकी छिन् । आलिया भट्ट गर्भावस्थाको समयमा व्यावसायिक रूपमा धेरै सक्रिय देखिन्छिन् जुन उनका फ्यानले प्रशंसा गरेका छन् ।

अर्को समाचार:

रानीले खोलिन् साजिदको पोल, भन्छिन्-“उनले मेरो स्त:-_नको आकार सोधे, गलत तरिकाले छुने खोजे”