थुनुवा भगाउन सहयोग गर्ने प्रहरी जवान हिरासतमा

Leaderboard Banner

दाङ, २८ कात्तिक : थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।

प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम शाहीले जानकारी दिनुभएको छ ।

प्रहरीको गाडीबाट आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर इप्रका ल्याउँदै गर्दा रानी जरुवाका १९ वर्षीय थुनुवा विष्णु बुढाथोकी हाम फालेर फरार भएका थिए ।

थुनुवालाई भगाउन शेरबहादुरले सघाएको प्रमुख शाहीले बताउनुभयो । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : बुधबार, कार्तिक २८, २०७५१९:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काठमाडौ आउँदै गरेको बस बिहानै ३ बजे दुर्घटना हुँदा १६ घाइते