भोलि बेलुका ९ बजेर १० मिनेटमा बुध वृश्चिक राशिमा प्रवेश गर्दै ! यी राशिलाई मिल्नेछ लाभ र सुख

भोलि शुक्रबार रातको ९ बजेर १० मिनेटमा बुध ग्रह वृश्चिक राशिमा परिवर्तन गर्दैछ। यससँगै बृहस्पति र बुध ग्रह सँगै वृश्चिकमा हुनेछन्। यसरी बुध ग्रह वृश्चिक राशिमा हुनाले सम्पूर्ण राशिलाई फरक-फरक असर पर्छ। हेर्नुहोस् कुन राशिलाई कस्तो असर पर्छ।

मेष राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : आठौ भाव

बुध ग्रहको राशी परिवर्तन भाग्यशाली सावित हुन सक्ला। मान-सम्मान, पद-प्रतिष्ठामा वृद्धि हुनेछ। साथै कार्यस्थलमा वरिष्ठ अधिकारिहरुबाट प्रशंसा साथै सहयोग मिल्न सक्ला।

वृष राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : सातौं भाव

बुध ग्रहको राशी परिवर्तनले प्रेम जीवनमा सकारात्मक असर पार्न सक्ला। साथै पारिवारिक र सामाजिक क्षेत्रमा पनि बुध ग्रह अनुग्रही हुनेछ। अध्ययनमा सफलता मिल्न सक्ला।

मिथुन राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : छैठौं भाव

बुध ग्रहको राशी परिवर्तनले मिथुन राशि हुनेहरुलाई दुख दिने देखिन्छ। शत्रु हावी हुँदा कुनै पनि कार्य नबन्न सक्ला। कानुनी समस्याले सताउने देखिन्छ भने आर्थिक सङ्कट आइलाग्नेछ।

कर्कट राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : पाचौं भाव

बुध ग्रहको राशी परिवर्तनले अध्ययन र जागिरको मामलामा अशान्ति फैलाउने देखिन्छ। व्यवसायीहरु मात्र नभई जागिरेहरु पनि संयम रहनु पर्ने समय रहन सक्ला। बौद्धिक कार्यमा संलग्न नभएको उचित हुनेछ।

सिंह राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : चौथो भाव

बुध ग्रहको राशी परिवर्तनले पराक्रम बढाउन सक्ला। शारीरिक मात्र नभई मानसिक रुपमा पनि बलियो बनाउनेछ। यात्रा सफल हुन सक्ला। धेरै समय देखि अड्किएको क्षेत्रमा सकारात्मक प्रगति हुनेछ।

कन्या राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : तेस्रो भाव

बुध ग्रहको राशी परिवर्तनले नकारात्मक परिणाम दिलाउने देखिन्छ। यात्रा गर्नको लागि खासै शुभ नहुन सक्ला। साथै कुनै पनि नयाँ कार्य थालनी नगरेकै उचित हुने देखिन्छ। पराक्रममा पनि कमि आउनेछ।

तुला राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : दोस्रो भाव

बुध ग्रहको राशी परिवर्तनले आर्थिक स्थिति बलियो बनाउन मद्दत गर्ने देखिन्छ। व्यावसायिक रूपमा मात्र नभई सामाजिक र पारिवारिक रुपमा पनि समय आफ्नो पक्षमा हुनेछ। सम्पूर्ण समस्या देखि छुटकारा मिल्न सक्ला।

वृश्चिक राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : पहिलो भाव

बुध ग्रहको राशी परिवर्तनले मिश्रित प्रतिफल दिनेछ। कार्यस्थलमा संयम रहनु उचित हुन सक्ला तर आर्थिक रुपमा भने समय धेरै राम्रो हुनेछ। स्वास्थ्यले साथ दिन सक्ला। तर निर्णय गर्दा भने परिवारको सहयोग लिनु उचित हुनेछ।

धनु राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : बार्हौं भाव

बुध ग्रहको राशी परिवर्तनले आर्थिक क्षेत्रमा नकारात्मक असर गर्ने देखिन्छ। आर्थिक संकटले सताउन सक्ला। कुनै पनि ठाउँमा बोल्नु भन्दा अगाडी सोचेर बोलेको उचित हुनेछ। नयाँ योजना स्थगित हुन सक्ला।

मकर राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : एघारौं भाव

बुध ग्रहको राशी परिवर्तन लाभदायक हुने देखिन्छ। अध्ययनमा सफलता मिल्न सक्ला भने कलाको क्षेत्रमा पनि भनेको जस्तै प्रगति मिल्नेछ। यात्रा सफल हुन सक्ला। साथै कानुनी रुपमा रहेका सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछ ।

कुम्भ राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : दशौँ भाव

बुध ग्रहको राशी परिवर्तनले अतिरिक्त दायित्व दिलाउने देखिन्छ भने कार्यभार समेत बढ्न सक्ला। तर आर्थिक लाभमा भने कुनै पनि कमि नहुने देखिन्छ। राजनीतिक रुपमा केहि असहज हुने भएता पनि सरकारी कार्यमा भने लाभ मिल्नेछ।

मीन राशि

बुध ग्रह यस राशिमा प्रविष्ट हुने स्थान : नवौं भाव

बुध ग्रहको राशी परिवर्तनले नकारात्मक परिणाम दिलाउन सक्ला। धेरै समय देखि बिग्रिएको सम्बन्ध अझ बिग्रनेछ। आर्थिक समस्या बढ्न सक्ला भने आफ्नैले पनि धोका दिन सक्लान्। प्रतिष्ठा पनि घट्न सक्ने हुँदा व्यवहारमा नियन्त्रण राख्नु उचित हुनेछ।

अर्को समाचार:

जुत्ता लगाउँदा नगर्नुस् यी गल्ति ! जानाजान गरेको गल्तिले बनाउन सक्छ कंगाल !