ट्याक्सी लिएर काठमाडौंमा लाखौँ रुपैंया चोर्दै हिँड्ने काभ्रेका एक युवा पक्राऊ !

Leaderboard Banner

काठमाडौँ:  काठमाडौंका विभिन्न स्थानमा ट्याक्सी लिएरै चोर्न हिँड्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

रामेछापको दोरम्बा गाउँपालिका–४ का २९ वर्षीय गंगबहादुर तामाङलाई काठमाडौंका विभिन्न स्थानका पसलहरु चोरी गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो।

तामाङले गत कार्तिक १० गते राती करिब २ बजेको समयमा एक कस्मेटिक पसलभित्र छिरेर लाखौं मूल्य बाराबारको सामान चोरी गरि ट्याक्सीमा हालेर लागेको दृश्य सिसिटिभी फुटेजमा देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी कार्तिक २६ गते एकैदिन उनले ३ वटा बेग्लै पसलको ताला फुटाई अन्य करिब विभिन्न स्थानाम चोरी गरि ३० लाख बराबरको समान चोरेको अनुसन्धानमा खटिएका प्रहरीले बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीमा प्रयोग भएको बा२ज ३३४३ नम्बरको ट्याक्सीसहित तामाङलाई मछिन्द्रबाहलबाट पक्राउ गरेको थियो।

प्रकाशित : बुधबार, कार्तिक २८, २०७५१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सेवाग्राहीसँग घुस स्वरुप टिभी माग गर्ने डीएसपी राईविरुद्ध अदालतमा मुद्दा दायर !