दशैंको टिकाको दिन निःशुल्क यात्रुबस संचालन गर्ने नेपाली सेनाको तयारी ! यी हुन् रुटहरु।

Leaderboard Banner

विजया दशमीको दिनलाई मध्यनजर गर्दै नेपाली सेनाले निशुल्क बस संचालन गर्ने भएको छ।
अन्य दिनको तुलनामा यस दिन सवारी कम मात्रमा गुड्ने र यात्रुहरुले सास्ती भोग्नुपर्ने अवस्थालाई ध्यानमा राखी नेपाली सेनाले दशैंको टीकाको दिन निःशुल्का यात्रु बस संचालन गर्न लागेको हो।

यस दिन सैनिक तथा गैह्र सैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्‍याउन यात्रु बस संचालन गर्न लागिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। जस अनुसार उपत्यकाका विभिन्न ८ वटा रुटमा बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताका १-१ वटा बस निःशुल्क सञ्चालन गर्ने तयारी रहेको छ।

कात्तिक २ गते टीकाका दिन नेपाली सेनाको बस संचालन हुने रुट यस प्रकार छन् :

(क) रुट नं.१: भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

(ख) रुट नं.२: भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बूढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

(ग) रुट नं.३: भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।

(घ) रुट नं.४: भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

(ङ) रुट नं.५: भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहिदगेट ।

(च) रुट नं.६: भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

(छ) रुट नं.७: भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

(ज) रुट नं.८: भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

प्रकाशित : आइतबार, असोज २८, २०७५१८:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लागुऔषधसहित पक्राउ !