करेन्ट लागेर ३५ वर्षीय महिलाको मृत्यु

Leaderboard Banner
file photo

सर्लाही, २९ भदौ: सर्लाही गोडैता नगरपालिकामा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोडैता नपा–१० सिसौटिया बस्ने पप्पु मण्डलको ३५ वर्षीय श्रीमती रिङकुकुमारी मण्डल रहेको छ ।

आफ्नै घरको विद्युतीय मिटर बक्सको तार मुसाले काटेको र उक्त तारमा टेप लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि सर्लाही अस्पताल मलङ्गवामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : शुक्रबार, भदौ २९, २०७५१९:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भोलि शनिबार तपाइको दिन कसरी बित्नेछ? हेर्नुहोस भोलिको राशिफल!