ब्याण्डका मास्टर भिखारी रामको शव बाटोको गल्लीमा फेला !

Leaderboard Banner

काठमाडौँ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा एक जना व्यक्तिको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

वीरगञ्जमा रेहको नेपाल टेलिकमको प्रमुख गेटदेखि ठाक्कै पछाडि इनर बाइपास नजिकैको बाटो छेउको गल्लीमा सोमबार विहान सो शव भेटिएको हो। शवको पहिचान गर्दा ति व्यक्ति गहवाका स्थानीय भिखारी राम रहेको खुल्न आएको छ। उनी पशुपति ब्याण्डमा मास्टरको रुपमा काम गर्ने व्यक्ति हुन् ।

पारिवारले दिएको जानकारी अनुसार उनी आईतबार राति मादक पदार्थ सेवन गरी घरबाट निस्किएका थिए। शव फेला परेको स्थान र  घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवनब गरेका भिखारीरामले श्रीमतीसँग झगड गरेर घरबाट निस्किएको बुझिएको छ। अहिले उनको शव नारायणी उपक्षेत्रीय अस्पतालमा पोष्टमार्टमको लागि पठाईएको प्रहरीले जनाएको छ।

पोष्टमार्टम रिपोर्ट आएपछि सो घटना कर्तव्य हो वा अन्य कारणले मृत्यु भएको हो ? भन्नेबारे जानकारी आउने छ। घटना भएको स्थान नजिकैको एउटा घरमा सिसिटिभी क्यामेरा रहेका र सो घरका घरधनी बाहिर भएकोले उक्त सिसिटिभी क्यामेरामा के कुरा कैद भएको छ भनेर पनि हेर्न नसकिएको प्रहरीले बताएको छ।

प्रकाशित : सोमबार, असार ११, २०७५१७:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लाइसेन्स प्राप्त हातहतियारको आडमा गुन्डागर्दी र आपराधिक कार्य गर्दै आएका व्यक्तिको हतियार खोसियो !