“नेपालको ट्रिपर र अर्जेन्टिनाको किपरको भर छैन” – कलाकार दिपकराज गिरी

Leaderboard Banner

अहिले विश्वभर फुटबलको महाकुम्भ मेला विश्वकपको रौनक चलिरहेको छ। जसको असर नेपालमा नपर्ने कुरा भएन।  नेपलमा पनि विश्वकपमा सहभागी विभिन्न टिममा समर्थकहरु रहेका छन्।

यसैबीच कलाकार दिपकराज गिरीले नेपालमा राम्रो फ्यान फ्लोइङ भएको टिम अर्जेन्टिनाको विषयमा ठट्याऊली पाराको एउटा फेसबुक स्टाटस लेखेका छन्। समाजिक सञ्जालमा निकै सक्रिय रहने कलाकार गिरीले क्रोएसियाविरुद्ध अर्जेन्टिनाले व्यहोरेको लज्जास्पद हारलाई ब्यंग्य गर्दै ‘नेपालको  ट्रिपर र अर्जेन्टिनाको किपरको भर’ नभएको बताएका छन्।

त्यस्तै अहिले खराव फर्ममा रहेका मेस्सीले ‘विश्वकप नजिते सम्म सन्यास लिन्न’ भनेका छन् रे अस्ति एक जनाले भनेको भन्दै अर्जेन्टिनी कप्तान मेस्सीलाई पनि व्यंग्यको झटारो हानेका छन्।

हेर्नुस्, यस्तो उनको स्टाटस – मेस्सिले भनेछन् बिश्वकप नजिते सम्म सन्यास लिन्न रे
अस्ति एउटाले भन्थ्यो
“ नेपालको ट्रिपर र अर्जेन्टिनाको किपरको भर छैन रे..”
होस गर्नुस “

प्रकाशित : सोमबार, असार ११, २०७५१०:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कप्तान मेस्सीले भने – ‘विश्वकप नजिते सम्म सन्यास लिन्न’