निर्माता छविले ‘सम्पूर्ण ओझा परिवार’ भन्दै शिल्पासहितको यस्तो तस्विर गरे सेयर [तस्विर]

Leaderboard Banner

काठमाडौँ, छविराज ओझाको निर्माण रहेको चलचित्र ‘मङ्गलम’ यही २०७४ फागुन २५ गते देखि देशैभर प्रदर्शनमा आएको थियो ।  यो चलचित्र रिलिज पश्चात निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोख्रेलको विवाह हुने पक्का भनिएको थियो। तर फिल्म रिलिज भएको ३ महिना बितिसक्दा पनि यी दुईको विवाह भने भएन। चलचित्र रिलिज पछि विवाह गर्ने भनिएको यी जोडीले यतिबेला विवाह गरिसकेको चर्चा चलिरहेको छ।

छवि र शिल्पाले  गएको दशैमा नै बिहे गरेको बताइन्छ । हालै छविराज ओझाको फेसबुकमा केहि तस्विरहरु सहितको  स्टाटस हेर्दा पनि यी दुईले गुपचुपमा विवाह गरिसकेको अनुमान जो कोहिले गर्न सक्छन् ।

निर्माता  छविले पछिल्लो समय चलचित्र निर्माणसँगै विभिन्न विधामा लगानी गरिरहेका छन् । छविले बुधबार इटहरीमा आफ्नै लगानीमा खुलेको इलाइट सिनेमा हलमा आफ्नी ९५ वर्षीय आमालाई चलचित्र देखाउन लगेका थिए। उनले चलचित्र ‘मंगलम’ देखाउन आफ्नो परिवारसहित अभिनेत्री शिल्पा पोख्रेललाई पनि हलमा लगेका छन् । उनले आफ्नी आमा र परिवारसंगको केहि तस्विर सेयर गर्दै यस्तो स्टाटस लेखेका छन्,

आज मेरी ९५ बर्षकी आमा लगायत सम्पूर्ण ओझा परिवारले चलचित्र मंगलम पहिलो चोटी ईलाइट सिनेमा ईटहरीमा हेर्नु हुदै। चलचित्र मंगलम साथै ईलाइट सिनेमाको सफलताको लागी अशिर्वाद दिनुभएको छ। यहाहरूको आशिर्वाद, सहयोग र उपस्थिती प्रति हार्दिक आभारी छु।’

निर्माता छविले  ‘सम्पूर्ण ओझा परिवार’  भनिरहदा अभिनेत्री शिल्पा पनि उनको परिवारको सदस्य बनिसकेकी भनेर बुझ्न सकिन्छ।

 तस्विर-निर्माता छविराज ओझाको फेसबुकबाट लिइएको। 

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१४:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘उम्लियो भने पोखिन्छ’ भन्दै यी कलाकारहरुसँग कम्मर मर्काइन स्वस्तिमाले [भिडियो]