पेस्तोल र खुकुरीसहित दुई जना ब्यक्ति ठमेलबाट पक्राउ

Leaderboard Banner

काठमाडौँ । न्नेपल प्रहरीले काठमाडौंस्थित ठमेलबाट दुई जना युवक  पस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

हातहतियारसहित  पक्राउ पर्नेमा धादिङ स्थायी घर भएका २९ का कमल गुरुङ र काभ्रे घर स्थायी घर भई सितापाइला बस्ने २६ वर्षीय देव कुमार थापा छन्। प्रहरीले उनीहरुको साथबाट १ थान पेस्तोल र १ थान खुकुरी बरामद गरेको छ ।

केही दिन देखि ठमेल, ज्याठा क्षेत्रमा केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाइ रकम असुल्दै हिँडने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले बताएको छ।

हातहतियारसहित पक्राउ परेका गरुङ र थापासँग थप अनुसन्धान कार्य भैरहेको प्रहरीले बताएको छ।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अबको तीन महिनापछि सडक खान्न नपाईने : अटेरी गरे कारवाही गरिने !