एकै घरमा ७ जना मृत अवस्थामा फेला: घटना रहस्यमय !

Leaderboard Banner

काठमाडौं । अष्ट्रेलियामा एउटा घरमा  ७ जना मानिसहरु मृत अवस्थामा फेला परेका छन्। यो घटना अष्ट्रेलियाको ओसमिङटन भन्ने ठाउँमा भएको हो, जहाँ निकै रहस्यमय तरिकाले एकै घरका ७ जना मानिसहरु मृत भेटिएका छन् ।

गत शुक्रबार एउटै घरमा सात जना मानिसहरु घरभित्र र बाहिर गरेर मृत अवस्थामा फेला परेको अस्ट्रेलियन प्रहरीलाई उद्दृत गर्दै विभिन्न अन्तराष्ट्रिय सञ्चार मध्यमहरुले जनाएका छन्। अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार मृतकमध्ये तीनजना प्रौढ र चारजना बालबालिका रहेका छन् ।

जसम प्रौढहरुको शव घरबाहिरको  कम्पाउन्ड र अन्य बालबालिकाहरुको शव घरभित्र भेटिएको थियो।  यो घटना थप रहस्यमय बन्दै गएको छ । पछिल्लो समयदेखि विविध कारणले खाली रहेको उक्त घरमा भेटीएका ब्यक्तिहरुको हत्या हो वा आत्महत्या भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ  ।

यस घटनाबारे प्रहरीले अहिले सम्म कुनै पनि अफिसियल धारणा सार्वजनिक गरेको छैन।

प्रकाशित : सोमबार, बैशाख ३१, २०७५११:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पहिरोका कारण बुटवल पाल्पा-गुल्मी सडकखण्ड अवरुद्ध: यात्रुहरु बाटोमै अलपत्र