आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा २ को मृत्यु: ३ घाइते

Leaderboard Banner

लिबाङ, रोल्पा । आज दिउँसो रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी रोल्पा नगरपालिका–१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा१त ३३६३ नं को ट्र्याक्टर बाटोबाट करिब एकसय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको छ ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१८:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चाउचाउ र पैसा दिन्छु भन्दै ६ वर्षीय बालिका बलात्कार गर्ने युवक पक्राउ