आजको दिन तपाईको कस्तो रहला? हेर्नुहोस आजको राशिफल!!

Leaderboard Banner

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)  आज तपाईको चिताएको काम सम्पन्न हुँदा मन आनन्दित रहने देखिन्छ। पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ने आको दिन तपाईको लागि आर्थिक पक्षमा पनि राम्रै रहने देखिन्छ। आज तपाईको सार्वजनिक जीवनमा प्रगति हुने देखिन्छ भने आज तपाईको धेरै समय सम्म भाते नभएका साथीसँग मिठो भेटघाट रहने देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आज तपाईलाई स्वादिष्ट भोजनको आनन्द लिने मौका मिल्ने देखिन्छ। तपाईंको दिन वित्तीय क्षेत्रमा लाभदायक साबित हुनेछ। आज तपाईको इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्यमा रुची बढेर जाने देखिन्छ। आज तपाइको परिवारमा भएको मन-मुटाब हटेर जाने दिन परेको छ। आज तपाईको सम्पूर्ण क्षत्रमा अनुकूलता देखा पर्ने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) महत्त्वपूर्ण निर्णयहरू गर्दा परिवारको साथ-र सहयोग लिने पर्ने देखिन्छ। आज तपाईलाई तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन मिल्ने देखिन्छ। साझेदारीमा समस्या आउने आजको दिन तपाईको मध्यम रहने देखिन्छ। आज तपाईको धार्मिक कार्यमा उपस्थिति बढेर जाने देखिन्छ भने धार्मिक कार्यको लागि खर्च रहने देखिन्छ। आज तपाई उच्च अधिकारीहरूसँग सावधान रहनु पर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)आज तपाइको परिवारमा कलह बढेर जाने हुँदा सजक रहनु होला। आज तपाइको बाणीको गलत अर्थ लाग्ने हुँदा सजक रहनु पर्ने देखिन्छ। आज तपाइको रीस गर्ने हरु तपाइको कार्य बिगार्न सफल रहने हुँदा सजक रहनु होला। सामाजिक क्षेत्रमा कुनै पनि प्रकारको तपाईको छबी नबिग्रियोस् भन्नको लागि सजक रहनु होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo ) आज तपाईमा नकारात्मक व्यवहार हावी रहने देखिन्छ। आज तपाईको नकारात्मक सोचका कारण लज्जित रहनु पर्ने हुना सक्छ। आज तपाईले आफ्नो क्रोधमा मात्र नभई खर्चामा पनि नियन्त्रण राखेर अघि बढ्नु होला। आज अध्ययनमा तपाईको मन जाने देखिन्न। आज सकेसम्म सवारी साधन प्रयोग नगर्नु होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) आज तपाई तन-मनबाट प्रसन्नता अनुभव गर्नु हाने देखिन्छ। आज तपाईलाई आर्थिक क्रियाकलापमा राम्रै लाभ मिल्ने देखिन्छ। आज तपाईलाई बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने देखिन्छ भने आज तपाईको प्रतिष्ठामा वृद्धि भएर जाने देखिन्छ। आज तपाईलाई मान्यजन तथा अग्रजहरूले साथ दिने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)  आज तपाईको ढिला-सुस्तिका कारण तपाईको हात लग्न लागेको आयोजना पनि फुत्कने देखिन्छ।आज तपाईको दिन एकदमै संवेदनशील रहने दिन परेको छ। मानसिक रूपमा अस्वस्थता बढेर जाने देखिन्छ। आज सोचे जस्तो आर्थिक लाभ नमिल्ने देखिन्छ।आज तपाईंले आर्थिक योजनहरु बनाउदा धेरै विचार गर्नु पर्ने देखिन्छ। आजको दिन प्रतिकूलता अनि अभाबमा व्यतित रहने देखिन्छ। प्रेम सम्बन्धमा खटपट हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio))आज तपाईको लामो दुरीको यात्रा हुने देखिन्छ भने आज तपाईको वैदेशिक यात्राको लागि शुभ दिन रहेको छ।  आज तपाईको बौद्धिक,तार्किक विषयमा निपुर्नाता बढेर जाने देखिन्छ। आज तपाईको व्यापारमा मनग्गे फाइदा मिल्ने देखिन्छ।आज तपाईको परिवार अनि आफन्तजन संगको सम्बन्धले नंया रुप लिने देखिन्छ ।आज तपाईको अध्यानमा रुची बढेर जाने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )आज तपाईले खानामा विशेष हेरविचार गर्नु पर्ने दिन परेको छ। आज पेट सम्बन्धी समस्याले सताउन सक्ला। दिमागबाट नकारात्मक विचारहरू हटाएर जानु पर्ने दिन रहेको छ भने बोलीमा नियन्त्रण राख्नु होला।आज तपाईको व्यापारमा मध्यान्न सम्म मंधिको सामना हुन सक्ला।आज त्यधिक कार्यभारका कारण तपाईको स्वास्थ्यमा असर पर्ने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) कलाकारहरू र कारीगरहरूको लागि आज कलामा निखारता निकाल्न सफलता मिल्ने देखिन्छ। आज तपाईको दिन यात्रा गर्नको लागि उचित रहेको छ भने आज तपाईको मनोरन्जनमा दिन व्यतित रहने देखिन्छ। आज तपाईको खर्च पनि बढेर जाने देखिन्छ भने आज तपाईलाई दैनिकीबाट टाढा रहने मौका मिल्नाले तपाईको शरीरले आज आराम पाउन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) आज तपाई माथि शत्रु हाबी रहने देखिन्छ साथै आज तपाईको खर्च पनि बढेर जाने देखिन्छ। आज तपाईको नयाँ कार्य थालनीको लागि पनि खासै शुभ देखिन्न। आज प्रतिकूल संयोगका कारण तपाईको कार्य सिद्धिमा विलंब हुन जाने देखिन्छ। आज तपाईमा बिना कारण त्रास बढेर जाने देखिन्छ भने आज तपाईमा क्रोध पनि उच्च हुन सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces))आजको द्दिन तपाईको सम्पूर्ण तवरबाट सफल रहने देखिन्छ। आज तपाईले सोच्नु भएको जस्तै तपाईलाई प्रेम, सहयोग अनि लाभ मिल्ने देखिन्छ। तर आज तपाईलाई अध्ययन,अ भने मान नजाने देखिन्छ। आज तपाईको बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल हुनुहुने देखिन्छ। साथै घरको वातावरण तनावपूर्ण रहने भएका कारण सजक रहनु होला।आज जागीरेहरुको पदोन्नतिको योग देखिन्छ भने आज तपाईको कार्यको प्रसंशा पनि हुने देखिन्छ।

प्रकाशित : आइतबार, फागुन १३, २०७४२०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भोलिको तपाईको दिन कस्तो रहला ? हेर्नुहोस भोलिको राशिफल [ २०७४ फाल्गुन १४ गते ]