बाबा रामदेवको टिभी शोलाई लिएर भड्किए ब्राह्मण समाज!

Leaderboard Banner

एजेन्सी, बाबा रामदेवको जिन्दगीमा आधारित सिरियल शुरू हुने बित्तिकै विवादमा फसेको छ । डिस्कवरी जीतमा प्रसारित हुने यस शोलाई लिएर ब्राह्मण समाजले कडा विरोध जनाएको छ । डिस्कवरी जीतमा हालै शुरू भएको यस सीरियललाई ब्राह्मण समाज यानी अखिल भारतीय ब्राह्मण महासभाले मंगलबार रामदेवको टिभी शोमाथी आपत्ति जनाएका थिए । जस पछि अब ब्राह्मण समाज र यादव समाज आमने-सामने भएका छन् ।

२५ फेब्रुअरीमा यादव समाजले यस बिषयलाई लिएर एक मिटिंग राखेको छ । वास्तवमा, सीरियल ‘स्वामी रामदेव : एक संघर्ष’ को विरुद्धमा विरोध गर्दै ब्राह्मण समाजले भने’ सीरियलमा बाबा र ब्राह्मण समाजको छविलाई गलत तरिकाले प्रस्तुत गरिदैछ ।’ श्रोतको अनुसार यादव समाजले भने टिभीमा प्रशारित कसैको सीरियलमा अहिलेसम्म छविलाई गलत देखाइएको छैन ।’ यादव समाजको अनुसार कार्यक्रम सत्य घटनामा आधारित छ । समाजमा सधै जति व्यवस्थाको कारणले उच्च जाति भएकाहरु तल्लो जातीयको साथ गलत व्यवहार गर्ने गर्दथे । भेदभाव पनि कसैबाट लुकेको छैन । साथै यसलाई लिएर प्रतिक्रियामा ब्राह्मण समाज भन्छन् कि  यस्तो अपमान सहने छैनौ ।

 

प्रकाशित : आइतबार, फागुन १३, २०७४१४:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दुबईबाट सार्वजनिक भयो स्व. श्रीदेवीको मृत शरीरको तस्विर!