सलमानको विवाहबारे प्रेमिका ईयूलियाले दिईन् आश्चर्यजनक जवाफ

Leaderboard Banner

एजेन्सी, ५२ वर्ष भईसकेका बलिउडका सुपर स्टार अभिनेता सलमान खान अहिले पनि विवाहको लागी तयार भएका छैनन् । घर-परिवारले  लगातार विवाहको दवाब दिदा पनि सलमानलाई यस बिषयमा जित्न सकेको छैन । साल २०१७ मा उनको विवाहको चर्चा चलेको थियो तर सलमानले विवाहको नाममा नयाँ-नयाँ बाहाना बनाए । सलमानकी गर्लफ्रेन्ड ईयूलिया वन्तुरले उनलाई विवाहको लागी निकै कोशिस गरिन्  तर सलमानको मनलाई जित्न सकिनन् ।

ईयूलियाले सलमानको परिवारसँग पनि धेरै समय बिताईसकेकी छिन्। लास्ट ईयर ईयूलिय आफ्नो विवाहको बारेमा जान्नको लागी एक ज्योतिषि कहाँ पनि पुगेकी थिइन्। उनले २०१७ मा मिसेज खान  बन्ने सपना समेत देखी सकेकी थिइन् तर सलमानले विवाहको लागी नमानेपछि ईयूलियाको सपना टुक्रिएको थियो  । हालै उनीसँग लिईएको अन्तर्वार्तामा उनले यस्तो भनिन,’मलाई थाहा छैन, विवाह कहिले हुन्छ । जब दुई बीच प्रेम हुन्छ तब उनीहरुले विवाह गर्नेपर्छ भन्ने छैन । यदि सलमान मसँग विवाह गर्दैनन् भने पनि म उनको प्रेमिका बनेर पनि निकै खुशी छु ।”

 

प्रकाशित : बुधबार, फागुन ०२, २०७४१७:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चलचित्र ‘परि’ मा अनुष्काको डरलाग्दो रुप [ट्रेलर भिडियो]