डिभिजन टू का लागि नेपाली टोलीको घोषणा

Leaderboard Banner

काठमाडाै । यही महिना नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन टू का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ।

बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल  समितिले १४ नियमित र ४ वैकल्पिक खेलाडिको नाम घोषणा गरेको हो। खेल तालिका अनुसार डिभिजन टू को पहिलो खेल नेपालले आगामी २५ माघमा आयोजक नामिबियासँग खेल्नेछ। प्रतियोगिता आगामी २३ माघ देखि ४ फागुनसम्म चल्ने छ। प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन-२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले एकअर्का विरुद्ध प्रतिष्पर्धा गर्ने छन्। डिभिजन-२ का शीर्ष २ टिमले विश्वकप छनोटमा स्थान बनाउने छन्।

डिभिजन टूका लागि नेपाली टोली:
पारस खड्का

कप्तान ज्ञानेन्द्र मल्ल

उपकप्तान शक्ति गौचन

वसन्त रेग्मी

शरद भेषावाकर

सोमपाल कामी

करण केसी

मोहम्मद आरिफ शेख

दीपेन्द्रसिंह ऐरी

सन्दीप लामिछाने

दीलिप नाथ

ललितसिंह भण्डारी

अनिलकुमार शाह

रोहित कुमार पौडेल

वैकल्पिक खेलाडीः

सुनिल धमला

ललितनारायण राजवंशी

किशोर महतो

सिद्धान्त लोहनी

प्रकाशित : बिहिबार, माघ ११, २०७४१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालको एक इन्च भूमि पनि मिच्न दिदैनाैँ : प्रधानमन्त्री