मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न एमालेले बाेलायाे पत्रकार सम्मेलन

Leaderboard Banner

काठमाडाै । बुधबार बसेकाे मन्त्रीपरिषद्ले गरेकाे निर्णयबारे छलफल गर्न एमालेले  पत्रकार सम्मेलन बाेलाएकाे छ ।

सरकारको पछिल्ला निर्णयहरुमा असन्तुष्ट एमालेले विज्ञप्ति जारी गर्दै सम्मेलन गर्ने जनाएको हो।

बुधबार मन्त्रिपरिषद्ले ६५ बर्ष पुगेका बृद्ध भत्ता पाउने र भूकम्पपीडितलाई एक लाख उपलब्ध गराउने निर्णय गरेको थियो।यस्तै मन्त्रिपरिषद्को बैठकले महासेनानी विनय विक्रम राणासमेत गरी चार जना महासेनानीलाई पद उन्नति गरी पदस्थापन गर्ने तथा सहायक रथी नवजीव शम्शेर राणासहित ११ सहायक रथीलाई सरुवा गर्ने निर्णय गरेको थियाे ।

पत्रकार सम्मेलन एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजे  आयोजना गरिएको छ ।

प्रकाशित : बिहिबार, माघ ११, २०७४१२:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टिपरको ठक्करबाट वृद्धाको मृत्यु