पुरुषको गिद्दे नजरबाट महिला कसरी बच्ने ?

Leaderboard Banner

काठमाडौँ , बिगुल संवाददाता :- कल्पना गर्नुहोस कि तपाई कुनै बारमा एक्लै बसेर आफ्नो ड्रिंक्सको आनन्द उठाउँदै हुनुहुन्छ, र त्यहीं समयमा कुनै अपरिचित पुरुष तपाई भएको ठाउँमा आउँछ।

उसले तपाईसँग कुरा गर्न खोज्छ। तर तपाईले बारम्बार इन्कार र बेवास्ता गर्दा पनि उसले तपाईलाई छोडेन भने तपाई उक्त समयमा के गर्नुहुन्छ ?

अब त तपाई कि त्यहाँबाट उठेर कुनै अरु ठाउँ या बाहिर जानुपर्छ कि हस्तक्षेप गर्न कसैको प्रतिक्षा गर्नुपर्छ।

लगभग हरेक महिलाहरुले यस्तो अनुभवबाट गुर्जिरहेका हुन्छन, जब अज्ञात पुरुष जबरजस्ती उनीहरुसँग कुरा गर्ने कोशिश गर्छन।

यहीँ कारण ब्रिटिश पत्रकार एम्ना सलिमले हालै नै ट्वीटरमा यस्तै घटनाको पर्दा फास गरे तब विभिन्न सामाजिक सञ्जालहरुमा यस विषयमा निकै चर्चा पाए , उनले भनेका थिए, ‘ पुरुषहरु महिलाहरूको इच्छा विपरित उनीहरुको व्यक्तिगत स्थानमा हस्तक्षेप गर्न प्रयास गर्छन।’

पत्रकार एम्नाले सुनाएकी घटना यस्तो छ:

पुरुष:  …बस एक ड्रिंक्स।

म: पर्दैन, धन्यवाद

पुरुष: कम अन, मात्र एक ड्रिंक्स त हो।

म:  हेर, मलाई माफ गर कि अहिले म मेरो ब्वायफ्रेन्डलाई पर्खिरहेको छु। र म अहिले किताब पढ्न चाहन्छु।

पुरुष: के , तिम्रो ब्वायफ्रेन्डले तिमीलाई कुनै साथी बनाउन दिदैन र ?

अज्ञात महिला: क्लारा ? हाई ! *अंकमाल* (कानमा फुस्फुसाउछ) के तिमी सन्चै छौ ?

महिला महान हुन्छन।

बचाउनेवालासँग विवाह:

अर्को एक केटीले पनि यस्तै घटनाको शेयर गरेकी छिन्। इटालीको फ्लोरेन्स सहरमा अपरिचित पुरुषले उनीसँग जबरजस्ती डान्स गर्ने कोशिश गरेको थियो।

उनले भने, ” मलाई एक अज्ञात केटीले बचाईन। उनी मेरो नजिक आएर बेस्सरी चिच्याईन , ताकी उनी मेरो बेस्ट फ्रेन्ड हुन्। “

एम्नाको ट्वीटरको प्रतिक्रियामा जैमियल नामका एक प्रयोगकर्ताले एउटा  रोचक घटना सुनाएको छ।

उनले लेखे, ” एक पटक ट्रेनमा एउटा केटीलाई केटाले दुर्व्यहार गरिरहेको थियो र उनी त्यहाँ एक्लै थिइन्। त्यसैले मेरो भाईले उनको पति भएको बताए र त्यो केटा त्यहाँबाट गएको थियो।”

उनी बताउछन कि यो घटना भएको १० वर्ष भईसकेको छ र आज भाई साँच्चै त्यो महिलाको पति हो। दुवै विवाहित छन्।

डबलिनमा बस्ने एक व्यक्तिले यसो भने कि धेरै पटक उनले  सीधा हस्तक्षेप गर्न खोजे।

उनले भने, ” मैले भने साथीहरु जानुहोस्, केटीले भनिसकेकी छिन कि उनमा खासै रुचि छैन तर घटनाले झगडाको रुप लियो। “

फ्रान्सका सायराले सुझाव दिएकी छिन की दुर्व्यवहार गर्ने व्यक्तिलाई दिविधापूर्ण प्रश्न गर्नुपर्छ। जस्तै:  “माफ गर्नुहोस्, अहिले कति समय भएको छ ?”

अमेरिकाका नैथन मूर विश्वास गर्छन कि पुरुषहरुले गर्ने यस्तो हर्कतमा समाजको दोष देखिन्छ जो उनीहरुलाई यस्तो व्यवहार गर्ने सिकाउँछ।

(बीबीसी हिन्दीबाट अनुवादित)

प्रकाशित : बिहिबार, माघ ११, २०७४१३:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मलेसियामा नेपालीहरुलाई लगाईन्छ यस्तो जोखिमपूर्ण काम