बाहुबलि का नायक प्रभास भुषणको नयाँ फिल्ममा

Leaderboard Banner

काठमाडौं ।बलिउडमा अब दक्षिण भारतीय फिल्म बन्ने भएको छ । चलचित्र बनाउनको लागि निर्देशक भुषण कुमार त्यस्को तयारीमा जुटेका छन् । आफ्नो फिल्म ‘रेड’को प्रमोशनको समयमा उनले एक भारतीय मिडियालाई दिएको अन्तर्वातमा तामिल, तेलुगु, मलयालम र कन्नड भाषामा समेत फिल्म निर्माण गर्ने तयारी गरिरहेको समेत जानकारि गराएका छन् ।

उनका सबै फिल्म हिन्दीमा डब गरिने समेत बताइएको छ । उनले भावि २० दिनमा साउथका एक ठूला स्टार लिएर फिल्मको घोषणा गर्ने बताएका छन् । फिल्मको बिषयको जानकारी फाइनल भएपछि मात्रै सार्वजनिक गरिने बताएका छन् । फिल्ममा ‘बाहुबली’ अभिनेता प्रभाष हो या होइन भन्ने प्रश्नमा उनले फिल्मको टाइटल र मुख्य कलाकारका बारेमा जानकारी दिन केही समय पर्खनु पर्ने समेत बताएका छन् ।
भुषणको चलचित्र ‘रेड’मा अजय देवगन इनकम ट्याक्स अफिसरको भूमिकामा देखिएका छन् । भने अजयसँगै इलियाना डिक्रुज समेत देखिएकी छन् । सौरभ शुक्ला नेगेटिभ भूमिकामा देखिएका छन् । यो फिल्म मार्च १६ (शुक्रबार)बाट रिलिज हुने तयारिमा जुटेको छ । फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् । एजेन्सी

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१६:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रताव दासको स्वरमा ‘तिम्रो स्वर’ अनुरागमा समावेश (भिडियो)