होलीको दिन घरमा ल्याउनुहोस् यी ४ शुभ चिज, प्रसन्न माता लक्ष्मीले दिनेछिन् धन लाभ

धार्मिक मान्यता अनुसार होली पर्व हर्षोल्लासका साथ मनाइन्छ। यो पर्व विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ । यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ । यस वर्ष पहाडको होली चैत्र ११ गते आइतबारको दिन परेको छ। होलीको दिन गरिने यस्ता ४ वटा शुभ चिजको बारेमा बताउनेछौँ, होलीको दिन घरमा ल्याएमा  पैसासँग सम्बन्धित सबै समस्या समाधान हुन्छ। आउनुहोस् जान्नुहोस् यी चीजहरू के हुन्…

चाँदीको सिक्का

यदि आर्थिक संकटको सामना गर्दै हुनुहुन्छ भने होलीको दिन चाँदीको सिक्का किन्नु धेरै शुभ मानिन्छ। यो सिक्कालाई पहेँलो रंगको कपडामा हलेदोको टुक्रासँग बाँध्नुहोस्। साथै पैसा राखिएको ठाउँमा राख्नुहोस्। यसो गर्नाले आर्थिक संकट हटाउन सकिन्छ।

धातुको कछुवा किन्नुहोस्

वास्तुका अनुसार होलीमा पाँचवोटा धातुबाट बनेको कछुवा किनेर ल्याउन सकिन्छ। यस कछुवाको पछाडि श्री यन्त्र र कुबेर यन्त्र हुनुपर्छ। त्यस्तै कछुवा उत्तर तर्फ फर्काउनु पर्छ। कछुवालाई भगवान विष्णुको अवतार मानिन्छ। त्यसैले जहाँ भगवान विष्णुको वास हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ।

बाँसको बिरुवा किन्नुहोस्

होलीमा बाँसको बिरुवा किनेर ल्याउनुहोस्। बाँसको बोटलाई निकै शुभ मानिन्छ। यसलाई आफ्नो घरबाट केही पर रोप्नुहोस्। बाँस आफ्नो जमिनमा आफैले रोप्नु हुँदै, त्यसैले रोप्न अरु कसैलाई लगाउनुहोस्। तर ध्यान राख्नुहोस् यी बिरुवा सात वा एघारवटा मात्र हुनुपर्छ। यस्ता कार्यले घरमा धन र अन्नको कमी नहुने जनविश्वास रहेको छ।

आँप वा अशोक पातको पूजा गर्ने

होलिका दहनको दिन बिहान घरको मुख्य ढोकामा वन्दनवर बाँध्नुहोस्। किनकि माता लक्ष्मी मुख्य ढोकाबाट मात्र प्रवेश गर्छिन्। त्यसैले मुख्य ढोकामा वन्दनवर बाँध्नुहोस्। साथै, मुख्य ढोका राम्ररी सफा गर्नुहोस्। घरको मुख्य ढोकाका लागि आँप वा अशोकको पातको माला लगाउन सकिन्छ।

अर्को समाचार:

होलीमा यी ४ राशिको चम्किनेछ भाग्य, हुनेछ सिर्फ पैसाको बर्सात्