भुलेर पनि बाथरुममा नराख्नुहोस् यस्ता चिज, अन्यथा आर्थिक संकटले घेर्नेछ !

वास्तुशास्त्रमा बाथरुम-शौचालयको बारेमा धेरै नियमहरू दिइएको छ। यदि तपाइँ पनि घर बनाउँदै हुनुहुन्छ वा बाथरुम बनाउँदै हुनुहुन्छ भने केही कुराहरूमा ध्यान दिनु आवश्यक छ। बाथरुम गलत दिशामा हुनु वा यससँग सम्बन्धित दोषहरू हुँदा तपाईंको स्वास्थ्यका साथै आर्थिक स्थितिमा पनि नराम्रो असर पर्न सक्छ। घरबाट नकारात्मक ऊर्जा हटाउन र सकारात्मक ऊर्जा ल्याउन बाथरुमसँग सम्बन्धित यी विशेष वास्तु टिप्स जान्नुहोस्-

ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा बाथरुम कहिल्यै उत्तर-पूर्व दिशामा हुनु हुँदैन। साथै दक्षिण-पश्चिम दिशामा हुनु हुँदैन। बाथरुम वा शौचालयमा तामाले बनेको भाँडाकुँडा वा कुनै पनि चीज कहिल्यै नराख्नुहोस्। नल दक्षिण पूर्वी कोणमा हुनु हुँदैन। बाथरुममा ऐना नराख्नुहोस्। राख्नै परेमा बाहिर राख्नुहोस्।

शौचालय र बाथरुम जोड्नु हुँदैन। नुहाउने ठाउँ र शौचालय सफा हुनुपर्छ। नुहाउने ठाउँ पवित्र हुनु पर्दछ। त्यसैले यसमा कमोड नराख्नुहोस्।
बाथरुमलाई सिँढी मुनि नबनाउनुहोस्। बाथरुम घरको सबैभन्दा महत्त्वपूर्ण स्थान हो। त्यसैले यसलाई उत्तर दिशामा राख्नुहोस्। बाथरुम सफा र सुगर राख्नुहोस्।

बाथरुममा सबै स्याम्पु र साबुन एकै ठाउँमा राख्नुहोस्। बाथरुमको भुईँ धेरै चम्किलो हुनु हुँदैन। बाथरुमको पर्खाललाई निलो रंग लगाउनु शुभ हुन्छ।

अर्को समाचार:

आज परेको छ हनुमान जन्मोत्सव, आर्थिक अभाव हटाउन गर्नुहोस् यस्ता उपाय !