आज माघ महिनाको तेस्रो सोमबार, गर्नुहोस् यस्ता कार्य हुनेछ अथाह धन लाभ !

मान्यता अनुसार सोमबार उपवास र पूजा गर्दा शिव जी आफ्ना भक्तहरूसँग छिट्टै प्रशन्न हुन्छन्। यसो गर्नाले शिवजीले तपाईंको हरेक मनोकामना पूरा गर्छन्।

सोमबार, उपवास र भगवान शिवको पूजा गर्नाले जीवनमा रहेका दुःख, रोग, पीडा र वित्तीय समस्याहरू हटेर जानेछ। कुमारी केटीहरुले सोमबारको दिन उत्तम वर पाइयोस् भनेर पनि व्रत राख्छन्।

सोमबार बिहान शुद्द पानीले स्नान गरेपछि मन्दिर जानुहोस् वा घरमा शिवजीको पूजा गर्नुहोस्। सर्वप्रथम, देवी पार्वती र नंदीलाई गंगाजलले र भगवान शिवलाई शुद्ध दुधले स्नान गराउनुहोस्। त्यसपछि चन्दन, चामल, भांग, सुपारी, बेलपत्र र धतुरो चढाउनुहोस्। भोग अर्पण गरेपछि अन्तिममा विधिविधानका साथ शिवजीको आरती गर्नुहोस्।

सोमबारको दिन गर्नुहोस यस्ता कार्य

मन्दिरमा जानुहोस् र शिवलाई दुध र मिश्री चढाउनुहोस्। यदि तपाईं मन्दिरमा जान सक्नुहुन्न भने यी चीजहरू घरमा नै शिवलाई अर्पण गर्नुहोस्।
बेलपत्र शिवलाई अत्यन्त मनपर्छ। त्यसैले, तपाई आफ्नो हरेक मोकमाना पुरा होस् भन्ने चाहनुहुन्छ भने सोमबार शिव शंकरलाई ११ बेलपत्र प्रदान गर्नुहोस्।

यस बाहेक, प्रत्येक सोमबार शुद्ध जलका साथ शिव जीको अभिषेक गर्नुहोस्। यसो गर्नाले भगवान शिव शंकर छिट्टै प्रशन्न हुन्छन्।
ॐ नम शिवाय मंत्र जप गर्नुहोस्।

अर्को समाचार:

आज गुरु प्रदोष व्रत, यसरी गर्नुहोस् भगवान शिवको पूजा: हुनेछ अत्यन्तै शुभ !