साताको शुभ राशि: यस साता यी ६ राशिलाई हुनेछ अत्यन्तै शुभ, मिल्नेछ शुभ परिणाम!

हरेक दिन हुने ग्रह नक्षत्रको परिवर्तनको आधारमा राशिफल निर्धारण गरिन्छ। यस साता पनि ग्रह नक्षत्रको स्थितिको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिका व्यक्ति सावधान रहनु पर्ने हुन्छ। जान्नुहोस् यस सात  कुन-कुन राशिलाई शुभ हुनेछ ?

मेष राशि

यस साता परिवारमा सुख-शान्ति छाउनेछ, शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। परिवारमा महिलाबाट धन प्राप्तिको सम्भावना छ, दाजुभाइसँग मनमुटाव हुन सक्छ। यस साता बोलीमा कठोरता रहनेछ। खर्च बढ्न सक्छ। शैक्षिक कार्यमा सफलता मिल्नेछ, नोकरीमा यात्रामा जानु पर्नेछ । साथीभाइको सहयोग मिल्नेछ।

वृष राशि

यस सात आमाबाट धन प्राप्ति हुने सम्भावना छ। दाम्पत्य सुखमा वृद्धि हुनेछ, साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। यस सात आम्दानी बढ्नेछ। मनमा आशा-निराशाको मिश्रित भाव रहनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ, परिवारमा सम्मान बढ्नेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ।

सिंह राशि

अभिभावकको सहयोग प्राप्त हुनेछ। पढाइमा रुचि बढ्नेछ । शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ, सन्तानको सुखमा वृद्धि हुनेछ। आम्दानीमा कमी र खर्च बढ्ने अवस्था आउन सक्छ। आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। सुख निर्माण हुनेछ, काममा प्रगतिको सम्भावना छ। घरमा धार्मिक कार्य गर्न सकिनेछ, धार्मिक यात्रामा जाने सम्भावना पनि छ ।

तुला राशि

मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। शैक्षिक कार्यमा सुखद नतिजा मिल्नेछ, अनुसन्धान आदिका लागि अन्य ठाउँमा जानु पर्नेछ। नोकरीमा उच्च अधिकारीको सहयोग मिल्नेछ, स्थान परिवर्तन हुनसक्छ। यस साता आम्दानी बढ्नेछ, जम्मा भएको पैसा पनि बढ्नेछ  साथीभाइको सहयोग मिल्नेछ।

धनु राशि

परिवारमा धार्मिक कार्य हुनेछ, परिवारमा सुख शान्ति छाउनेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना सृजना भइरहेको छ, इच्छाविपरीत केही नयाँ कार्यको जिम्मेवारी पाउन सकिनेछ । कार्यस्थलमा मिहिनेत बढ्नेछ, धर्मप्रति भक्ति बढ्नेछ, आत्मविश्वास बढ्नेछ।

कुम्भ राशि

माताको साथ र सहयोग मिल्नेछ । यस सात जम्मा भएको धनमा कमी आउन सक्छ। प्रतिस्पर्धात्मक परीक्षा र अन्तर्वार्ता आदिको सुखद नतिजा प्राप्त हुनेछ। परिवारमा धार्मिक कार्यक्रम हुनेछ। सवारी साधनको आनन्द बढ्नेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। सन्तानको स्वास्थ्यमा गडबडी हुनसक्छ स्वास्थ्यप्रति सचेत रहनुहोस्।

अर्को समाचार:

माघ २ सोमबार महिनाको पहिलो सोमबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !