साप्ताहिक राशिफल : यी ४ राशिलाई खासै राम्रो देखिन्न यो साता, रहनुस् सजग

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

साताको राशिफल : – भदौ २९ गतेदेखि असोज ४ गते

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

राम्रो खालको साता छ । असल काम गर्नतिर मनको प्रवृत्ति जाला भने गरेका काम पनि सफल हुनेछन् । आर्थिक स्थिति पहिलेको तुलनामा निकै सप्रिएला । व्यापारसम्बन्धी कामले धेरै लाभ दिनेछ । जागिरकै क्षेत्रमा पनि हाल स्थिति राम्रो छ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साताको शनिबार त्यति राम्रो छैन । घरमा सानोतिनो कुरामा पनि कचिङ्गल पर्ला । आइतबारदेखिका बाँकी दिन राम्रा खालका छन् । केही धार्मिक काम हुनुका साथै असल काम गर्ने इच्छा पनि प्रबल होला । परिवारसँग भने त्यति कुरा मिल्ने छैन।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मध्यम खालको साता छ । वादविवाद एवं मुद्दामामिलामा तपाईंकै विजय हुनेछ तर खर्च भने घट्ने बेला छैन । आर्थिक स्थिति सामान्य खाले मात्र रहला । व्यापार, व्यवसायले साथ नै दिनेछ । स्वास्थ्यको स्थिति त्यति राम्रो रहने देखिन्न । भगवतीको दर्शन गरिरहनुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

साताको सोमबारसम्म राम्रो छ । मङ्गलबार र बुधबार भने स्वास्थ्य बाधा भएर मनमा चिन्ता पर्ला । त्यसपछिका दिनलाई नराम्रो भन्न सकिँदैन । गरेका काममा सफलता नै मिल्ला । पारिवारिक सुख भने हाल कम मात्र छ । हातले समातेको व्यवसायले लाभ गराइरहला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

साताको पूर्वाद्र्ध त्यति राम्रो देखिन्न । खर्च प्रशस्त भएर पनि काम पूरा बन्लाजस्तो छैन । मेहनत प्रशस्त गर्नुपर्नेछ । साथीको सहयोगले मात्र आंशिक सफलता मिल्ला । सूर्यको नित्य दर्शन गर्नुहोस् । नोकरीबाट हाल विशेष फाइदा होलाजस्तो छैन।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

साताको शनिबार स्वास्थ्य गडबड भएर मनमा चिन्ता बढ्ला । आइतबारदेखिका दिन सप्रिएका छन् । हरेक दिन सूर्यको दर्शन गरेमा निकै काम बन्नेछ । व्यापारको क्षेत्रमा कुनै नयाँ कामसमेत हातमा पर्ने सम्भावना छ । पढाइमा अझैँ पूरा गति आउन सकेको छैन।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

अलिअलि विघ्नबाधा परे पनि यस सातालाई नराम्रो भन्न सकिँदैन । सङ्घर्ष बढी गर्नुपर्नेछ । सानोतिनो स्वास्थ्य बाधा भए पनि आत्तिनुपर्ने स्थिति छैन । व्यापार, व्यवसायले राम्रै साथ दिनेछ । पढाइमा भने अझैँ पनि हुनुपर्ने गति आएको छैन । बगलामुखीको सेवा गरिरहनुहोस् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

साताको पूर्वाद्र्ध राम्रो छ । गरेका काम बन्नुका साथै आर्थिक स्थिति पनि सप्रिएला । मङ्गलबारदेखि भने अलि अप्ठेरो परिस्थिति आउन सक्छ । व्यवसायमा हानि नभए पनि सोचेजति लाभ भने देखिन्न । शिक्षाको क्षेत्रमा राम्रै प्रगति गर्नुहुनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

साताको प्रारम्भ राम्रोसँग हुनेछ । सुरुकै दिनमा मन मिलेका साथीसँग भेट हुनुका साथै कुनै गतिलो विषयमा विचार विमर्श पनि होला । आर्थिक स्थिति मध्यम खालको रहनेछ । खर्च त घट्ने छैन तर आयको स्रोत पनि त्यति कमजोर देखिन्न । सूर्यको दर्शन गरिरहनुहोस् ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

साताको शनिबार बढी खर्च भएर मन आत्तिएला । आइतबारदेखि भने सुधार हुँदै जानेछ तर खर्च घट्ने लक्षण भने देखिँदैन । आफ्ना लागि भन्दा पनि परिवारकै लागि बढी खर्च गर्नुपर्नेछ । जागिरको मात्रै आर्जनले पुग्ने छैन । शनिको सेवा गरिरहनुहोस् ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यो साता मान–प्रतिष्ठामा खास बढोत्तरी नभए पनि व्यापार, व्यवसायको कामले आर्थिक स्थिति राम्रो रहनेछ । केही नयाँ मित्र थपिनेछन् । यात्राको सम्भावनासमेत देखिन्छ । वैवाहिक कुरामा प्रगति होला । नयाँ काममा लगानी गरेमा हानि देखिन्न।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

साताको मङ्गलबार र बुधबार बढी खर्च भए पनि बाँकी दिन राम्रा खालका छन् । असल काम गर्नतिर मन गइरहला । केही धार्मिक कामको समेत रूपरेखा बन्न सक्छ । पढाइमा हाल मध्यम प्रगति मात्र छ । साताको अन्त्यतिर पारिवारिक झन्झट आउलाजस्तो छ ।

अर्को समाचार:

असोज १ गतेको राशिफल : मङ्गलबार १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?